निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

सरकारलाइ सञ्चारकर्मीहरूको र्‍यापिड टेस्ट गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरूको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

काठमाडौंमा बिहीबार बसेको महासंघको बैठकले उच्च जोखिमकाबीच पनि सञ्चारकर्मीहरूले जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोना संक्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरूको र्‍यापिड टेस्ट गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो ।

बैठकपछि महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसूचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहरूलाई आफ्नो सुरक्षाप्रति पनि संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न आह्वान गर्छ।’

बैठकले श्रमजीवी पत्रकारहरूको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासचिव विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरूको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »