सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब तिमी “कम्रेड” रहेनौ साथी

-अन्जान यात्री

भन्दा आफैलाई लाज लागेर आउँछ

बिगत सम्झदा भक्कानो छुटेर आउँछ

तिमीले पढाएका पाठहरुको

अंश अंश ले घचघचाई रहन्छ

तिम्रा हरेक  गतिबिधी हेर्दा

अब तिमी “कम्रेड” रहेनौ साथि

दुनियाँले के बुझिरहेको छ त्योत म भन्न सक्दिन

तर मैले जे बुझेको छु ,त्यो तिम्रै शिक्षाहो 

तिमीले हिजो आफ्नै डायरी भित्र बनाएको

दलाल ,सामन्तीहरुको लिस्ट संगै रमाउदै हिडेको देखें

हो त्यसैले 

अब तिमी “कम्रेड” रहेनौ साथी

सामाजिक न्याय र समानताको लागी

क्रान्ती रुपी अग्निकुण्डमा  हामफाल्न 

प्रशिक्षण दिँदै हिड्ने ,त्यो तिमी 

कसरी ,किन  बदलियौ

त्यो तिमीलाई नै  थाहा  होला 

तर  तिमीले  लगाएको 

कोटा ,जुत्ता र चस्मा  भित्र बाट

अर्कै अर्कै गन्ध आईरहेको महसुस भैरहेछ 

हो त्यसैले 

अब तिमी “कम्रेड” रहेनौ साथी

तिमीलाई बुईङ्कलमा आचिगर्न 

कोपराको ब्यबस्था गरीदिने

जबरजस्त तिमीले कम्रेडको बिल्ला लगाईदिएको

ति पल्लाघरे कान्छोलाई दिएको 

बचन पुरागर्न त सकेनौ तिमीले ,

उसकै छोराको रगत संग साटेको सत्तापनी 

आफ्नै र आफन्त हरुको लागी मात्रै प्रयोग गर्यौ

हो त्यसैले 

अब तिमी “कम्रेड” रहेनौ साथी

भर्खरै

सम्बन्धित खबर

Language »