सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अभियान्ता हरु को सकृयता : देश को लागी दुई घण्टा

काठ्माण्डौ अभियान्ता हरु को सकृयता : देश को लागी दुई घण्टा
जस्तो प्रतिकुल अवस्थामा पनि आफ्नो यात्रालाई अगाडी बढाउने प्रतिवद्धता जनाएका सरसफाइ अभियान का अभियान्ता हरुले आजको शनिवार पनि आफ्नो यात्रा जारी राखेका छन् । देशको लागी दुई घण्टा भन्ने नारा लाई अबलम्बन गर्दै देशै भरी बाट अभियान्ता हरु सनिवार बिहानै खोला नाला, सडक ,मन्दिर आदी सार्वजानिक स्थल हरु सरसफाई गर्न निस्केका हुन् ।
वाग्मती सफाई महाअभियानको आज ३८६ औं शृङ्खला शंखमुल वाग्मती नदि किनारको सफाइ, नदिको किनारमा र फुटपाथमा रहेको घाँस र अन्य फोहर सफाइ, नालिमा भरिएको फोहर र माटो उठाएर सफाइ गर्ने कार्य सम्पन्न भयो ।
नदीको किनारमा व्यबसाय गरि बस्नेहरुलाई आफ्नो पसल अगाडि सफाइको लागि जनचेतनाका साथै पसल, ग्यारेज अगाडिको बाटो सफा गर्न सहभागिता गराइयो।
आर्ट अफ लिभिङको भान्साबाट निस्कने फोहर पानी र भात सहित अन्य फोहरले नालि भरिएर वाग्मती नदीको किनारको बाटो अत्यन्त दुर्गन्धि भएको भेटिए पछी दिगो समाधानको लागि सचेत गराउदै यस पटकको लाग‌ि दुर्गन्धित नालि सफा गरिएको थियो ।


अभियन्ताहरु , बानेश्वर महिला वातावरण सेवाका संचालक , जुझारू युवा हरु, श्री हनुमान मार्ग टोल विकास समितिका अध्यक्ष ,स्थानीय वासीहरु को सहभागिता मा कुहिने र नकुहिने फोहर व्यवस्थापन गर्दै भौतिक दुरि कायम गरि सफाइ सम्पन्न भएको थियो ।
चक्रपथ सरसफाइ महा अभियानको उत्तर खण्ड को १८५ औं हप्ताको कार्यक्रम बसुन्धारा चौकी आस पास क्षेत्र मा नियमित अभियान्ता हरु को सकृयाता मा संपन्न भएको थियो ।
बागमति सफाई अभियान को एउटा खण्ड तिलगंगा सफाई अभियान को २६८औ साताको सफाई सम्पन्न भएको छ ।तिलगंगा महीला समूह र बागमति फोहोर उन्मूलन उपभोक्ता समाज को सयुक्त आयोजना मा तिलगंगा को ठुलो पुल देखी निलो पुल सम्म सडक दायाँ बायाँ सफा गर्दै जथाभावी फोहोर नफाल्न अनुरोध गर्दै अभियान संपन्न भएको थियो ।


बिष्णुमती सरसफाई अभियान को ३१५ हप्ता को सृङ्खला सिद्धार्थ बैंक गंगवु गणेशस्थान शाखा द्वाराप्रदान गरिएको तार बार लाई केहि हप्ता अगाडी देखी रोप्दै आएको बिरुवा हरु को संरक्षण मा प्रयोग गर्दै सम्पन्न गरिएको थियो ।
गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ८३ औ हप्ताको सरसफाइ । समय परिस्थिति अनकुल नभएको अवस्थाले गर्दा आफ्नो घर आगन टोल बस्तीमा सरसफाइ गर्दै संपन्न भएको थियो ।
आलोकनगर लोकेश्वर मन्दिरको सफाइमा टोलबासि केहिको उपस्थिति सहित टोल बस्तीमा सरसफाइ गर्दै संपन्न भएको थियो ।
चक्रपथ सरसफाइ पश्चिम खण्ड ले भने बृहद रक्तदान कार्यक्रम गर्दै आफ्नो अभियान लाई निरन्तरता दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »