सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अहिले कम्यूनिष्टहरु विभाजनसँगै महाधुव्रिकरणको अभियानमा जुटिरहेकाछन् ।

काठमाडाैँ । तत्कालीन ९२ दलिय वृहत राजनीतिक मोर्चाका संयोजक र प्रचण्ड नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र) का सचिवालय सदस्य, तथा गत प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नवलपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार साथै काँग्रेस महामन्त्रि विपि पुत्र संशाक कोइराला सँग झिनो मतले पराजित भई उपविजेता हुनु भएका हाल पुर्नगठित ने.क.पा.(माओवादी केन्द्र) का अध्यक्ष भबिसोर पराजुलीसँग मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे सारा खबर डटकम का प्रतिनिधिसंग भएको कुराकानीको संपादित अंश

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएकोछ ?

अहिले नेपालको राजनीति अस्थिरता तर्फ धकेलिएको छ । राजनीतिक दलहरुको विभाजन सँगै धुब्रीकरणको महाअभियान सुरु भएकोछ । यसोहेर्दा अन्योलता देखिएपनि निकट भविष्य मै देश स्थिरतातिर जाने संभावनाका संकेतहरु देखिएका छन् । यो विषम र जटिल परिस्थितीमा सबै राजनीतिक दल र नागरिक समाज अत्यन्त सजग र संमयमित हुन जरुरी रहेकोछ  ।

ने.क.पा. (माओवादी केन्द) नामका ३ वटा पार्टी प्रचारमा आएको छ । कुन माओवादी केन्द्र आधिकारीक हो यसबारे प्रष्ट पारी दिनुस् न ?

माओवादी केन्द्र नाममा को–को किन आएकाछन् त्यो उनीहरुलाई नै सोध्नुस् । तर माओवादी आन्दोलनकोे विचार, भावना र इतिहासको निरन्तरता हामीले दिदै आएको एकमात्र पार्टी यही पुर्नगठित ने.क.पा.(माओवादी केन्द्र) हो ।

गोपाल किराँती र कर्णजीत बुढाथोकीको माओवादी केन्द्र के हो त ?

जतिबेला क.प्रचण्डले माओवादी केन्द्र छाडेर एमालेमा गएका थिए त्यो भन्दा अगाडी नै गोपाल किरातीले माआवादी पार्टी परित्याग गरेर पुर्वतिर लागेको सबैलाई जगजाहेर छ । अर्का कर्णजित बुढाथोकी माओवादी पार्टी धेरै पहिल्यै परित्याग गरेर स्वतन्त्र बसेका थिए । उनीहरुले अहिले माओवादी केन्द्र भन्दै किन हिडेकाछन् । यो कुरा उनीहरुलाई नै सोध्नुस् । हामी हिजो प्रचण्ड एमालेमा जान भन्दा पहिला पनि यही माओवादी केन्द्रमा थियौ र प्रचण्ड एमालेमा गएपछि पनि त्यही माओवादी केन्द्रलाई निरन्तरता दिदै आएका छौं । यथार्थ र वास्तविकता यहि हो ।

तपाईहरुले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता गर्ने निर्णय गर्नु भएको छ । कुन नेकपा सँग हो । ओली नेकपा कि माधव प्रचण्ड नेकपातिर हो ?

विचार र राजनीति मिल्ने सँग पार्टी एकता गर्ने हाम्रो पार्टीको नीति नै हो । तर को सँग पार्टी एकता गर्ने भन्ने छलफल र वहस पार्टी भित्र चलिरहे पनि केन्द्रीय समितिबाट निर्णय गरिसकेका छैनौं ।

पुस २६ गते ३ वटा कम्यूनिष्ट पार्टी तपाइँहरुको ने.क.पा.(माओवादी केन्द्र) सँग एकीकरण भए । के त्यी तिनवटै पार्टी माओवादी आन्दोलनबाटै आएका हुन् त ?

हो, एकता हुन आएका तीनवटै पार्टीका सबै साथीहरु जनयुद्धका क्रममा हामी सँगै थियौं । विचमा अलगिए पनि अहिले उहाँहरु हामीसँग अगाडी बढ्न सहमत हुनुभयो र पार्टी एकता सम्पन्न गर्न सफल भयौं ।

पुनर्गठित ने.क.पा.(माओवादी केन्द्र) को मुख्य रणनीति र कार्यनीति के हो ?

नयाँसमाजवादी व्यवस्था निर्माण गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने हाम्रो पार्टीको मुख्य रणनीति हो भने संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास र राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै नयाँसमाजवादमा जाने हाम्रो पार्टीको मुख्य कार्यनीति हो । 

तपाइँहरुको पार्टी संगठन देशव्यापी  छ त ?

देशका सबै वडातह सम्म पार्टी र भातृसंगठन क्रियाशिल छन् । त्यो बाहेक विभिन्न देशमा सम्पर्क कमिटी निर्माण भई पार्टीको जिम्वेवारी निर्वाह गरिरहेकाछन् ।

अहिलेको अवस्थामा तपाइँहरुको मूख्य भुमिका के हो ?

सम्पूर्ण वामपन्थी र राष्ट्रवादीहरुको एकता, राष्ट्रिय स्वाधिनताको रक्षा, संघियलोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नयाँसमाजवादका लागि बलियो आधार तयार पार्ने अहिले  हाम्रो पार्टीकाे मूख्ययोजना रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »