सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आईपीएलमा दिल्लीद्धारा कोलकाता १८ रनले पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ ।

दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकातालाई दिल्लीले ८ विकेटको क्षतिमा २१० रनमा रोक्यो । यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

शारजहाँ क्रिकेट मैदानमा भएको खेलमा कोलकाताका नितिश राणाले ५८, इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रन बनाए । मोर्गन र त्रिपाठीले सातौं विकेटका लागि ३१ बलमा ७८ रनको साझेदारी गरे पनि जित दिलाउन सकेनन् ।

दिल्लीका एनरिच नोर्जेले तीन र हर्शल पटेलले दुई विकेट लिए । हर्षलका लागि यो पहिलो म्याच थियो । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२८ रन बनाएको थियो । यो योगफल जारी आईपीएलमा सबैभन्दा ठूलो हो ।

कप्तान श्रेयस अय्यरले ८८, पृथ्वी शाले ६६ र ऋषभ पन्तले ३८ रन बनाए । श्रेयस र पृथ्वीले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिल्लीका लागि नटआउट ८८ रन बनाएका कप्तान श्रेयस अय्यर म्यान अफ दि म्याच बने । कोलकाताका लागि आन्द्रे रसेलले २ विकेट लिए ।

भर्खरै

सम्बन्धित खबर

Language »