सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज ११ बजे ओली बालकोट सर्दै

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
अदालतको परमादेशमा काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले आज बिहान ११ बजे बालुवाटार छाड्न लागेका हुन् । उनी आजदेखि निजी निवास बालकोटमा बस्नेछन् ।

ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकाल्ने एमाले कार्यकर्ताको तयारी छ । त्यसका लागि एमाले नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »