सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौं उपत्यकामा बार अनुसार पसल सञ्चालन, कुन बार कुन पसल खुल्छन् ?

काठमाडौँ। काठमाडौं उपत्यकामा शर्तसहित केही खुकुलो बनाएर भदौ ३१ गतेसम्म लम्ब्याइएको निषेधाज्ञामा बार अनुसार व्यापाररव्यवसाय सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु साताको सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइने भएको छ ।

त्यस्तै, स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पलसहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने भएको छ । यसै गरी फर्निचर, अटो मोबाइल सम्बन्धी पसलहरु साताको सोमबार र बुधबार मात्र खोल्न पाइनेछ ।

त्यसोत, फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रोनिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।

त्यस्तै, सहकारी संस्थाहरु स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न सकिने पनि जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »