सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोभिड प्रभावित विपन्न परिवारलाई युुनेस्कोद्धारा सरसफाई तथा स्वच्छता सामाग्री वितरण

नेपालगञ्ज, बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको बारबर्दिया र राजापुर नगरपालिकाका अति विपन्न कोभिड प्रभावित परिवारलाई सरसफाई तथा स्वच्छता सामाग्री वितरण शुरु गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको आकस्मिक प्रतिकार्य तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजना अन्तर्गत दुबै नगरपालिकामा आयोजित छुट्टा छुट्टै कार्यक्रममा कोभिड प्रभावित विपन्न परिवारलाई सो सामाग्री वितरण शुरु गरिएको क्लबले जनाएको छ ।
बारबर्दियामा नगरपालिकाका मेयर दुर्गा बहादुर थारु कविर र उपमेयर अन्जु दहितले संयुक्त रुपमा विपन्नलाई सरसफाई तथा स्वच्छता सामाग्री प्रदान गरेर वितरण कार्यको शुभारम्भ गर्नुभयो । सो अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष कर्ण बहादुर विक, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्मा, थारु मेमोरियल अस्पताल विकास समितिका भागिराम चौधरी लगायतले सामाग्री वितरण गर्नुभयो ।
उक्त अवसरमा बोल्दै मेयर थारुले कोभिड प्रभावितलाई यो सामाग्रीले स्वस्थ्य र सरसफाईमा विशेष योगदान दिने हुँदा यो निकै महत्वपुर्ण रहेको बताउनुभयो ।

No description available.

बारबर्दियामा पहिलो दिन ५९ परिवारलाई सो सामाग्री वितरण गरिएको जनाउँदै ३१५ परिवारलाई वितरण गरिने लक्ष्य रहेको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बताउनुभयो ।
यसैगरि राजापुर नगरपालिकामा पनि वडा नम्बर ७ मा सो वडाका वडा अध्यक्ष मथुरा प्रसाद थारु र बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले सो सामाग्री वितरणको शुभारम्भ गर्नुभयो ।

No description available.


सो अवसरमा वडा सदस्यहरु विष्णु बहादुर बम, लक्ष्मी चौधरी र रत्नकर राना, क्लबका कार्यसमिति सदस्य फिरदौस जहाँ, कार्यकारी निर्देशक रवि तुलाधर, सह निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृत दयाराम चौधरी र अनुप बर्मा लगायतले सामाग्री वितरण गर्नु भयो । राजापुरमा पहिलो दिन ३० परिवारलाई सामाग्री वितरण गरिएको थियो ।

वितरण गरिएको सो सामाग्रीमा प्रत्येक परिवारलाई पाँच प्याकेट सर्जिकल मास्क, एक डिजिटल थर्मामिटर, २ बाल्टिन, ८ वटा नुहाउने साबुन, ४ वटा लुगा धुने साबुन, २ साबुदानी, १० प्याकेट सेनेटरी प्याड, ४ वटा पेन्टी, २ वटा सेम्पु, ५०० एमएलको १ बोतल सेनिटाइजर, २ प्याकेट सेनेटरी कपडा र १ किट व्याग लगायतका सामाग्री रहेका छन् ।


सो सामाग्री राजापुरका ३ सय र बारबर्दियाका ३१५ विपन्न परिवारलाई वितरण गर्ने कार्यक्रम रहेको जनाउँदै क्लबका कार्यकारी निर्देशक तुलाधरले एमएफ रेडियोहरुमा जनचेतनामुलक सन्देश बजिरहेको, नेपाली र थारु भाषामा पोस्टर र होर्डिंग बोर्ड लगाउने तथा १० ठाउँमा हेन्ड वाशिंग स्टेसन जडान गरिने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »