सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाबाट भारतको उत्तर प्रदेशका शिक्षा मन्त्रीको मृत्यु

काठमाडौं। भारतको उत्तर प्रदेश राज्य सरकारका एक मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

उत्तर प्रदेशकी शिक्षा प्रविधि मन्त्री एवं विधानसभा सदस्य कमला रानी वरुणको लखनऊस्थित पीजीआई अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कमलाको निधनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन्। प्रदेशले एक समर्पित जननेत्री गुमाएको उनको भनाई छ।

कमलालाई १७ जुलाईमा कोरोना संक्रमण भएको थियो।

लखनऊ पीजीआईमा भर्ना गरेर उपचार भइरहेको थियो। आइतवार उनको निधन भयो। कमला वरुणको जन्म ३ मे १९५८ मा भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »