सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना , काठ्माण्डौ को निषेधाज्ञा र बजार को अवस्थाबारे: सारा खबर को एक रिपोर्ट ( भिडियो सहित )

विस्व जनमानस लाई नै त्रसिद बनाइ रहेको कोरोना भाइरस को संक्रमण बाट नेपाल पनि अछुतो रहन सकेन । २,४ जना मा संक्रमण देखिएको भन्दै गत चैत्र ११ बाटै लकडाउन गरेको सरकार लाई पछील्लो समय लकडाउन खोले संगै बढेको संक्रमण र मृत्यु दर ले केहि हद सम्म सोच्न बाध्य बनायो । बिभिन्न क्षेत्र मा शिल गर्ने ,बन्द गर्ने गर्दै निषेधाज्ञा जारी गर्नु पर्ने सम्म को अवस्था आयो । काठ्माण्डौ उपत्यका को बिभिन्न ठाउँमा संक्रमित को संख्या ह्वात्तै बढे पछी जिल्ला प्रशाशन कार्यलय काठ्माण्डौ ले भाद्र १७ गते सम्म को लागी निषेधाज्ञा जारी गर्‍यो । यो बिच मा उपत्यकाकै अत्यधिक भिड भाड हुने ठाउँको रुप्मा चिनिएको बिभिन्न तरकारी बजार हरु मा पुग्दा कस्तो दृस्य देखिएको थियो । एक रिपोर्ट

एका बिहानै हामी तरकारी बजारको रिपोर्टिङ गर्ने मनसाय ले काठ्माण्डौ को उत्तरी क्षेत्र को महत्वपुर्ण स्थान ओगटेको माछा पोखरी तरकारी बजार मा पुग्दा केहि समय अगाडी देखिएको जस्तो सडक मै घुइचो लगाएर तरकारी ब्यापार गर्ने को संख्या सुन्य नै देखियो । किसान बजार को रुप मा हेरिएको त्यो बजार वाइपास भन्दा माथी सरेको जानकारी पाए पछी हामी त्यहाँ पनि गयौं ।
त्यो किसान बजार मा त्यती ठुलो भिड्भाड नदेखिए पनि निषेधाज्ञा को पालना भने पटक्कै गरिएको पाइएन । सरकार ले भने जस्तो माक्स , पन्जा, सेनिटाइजर को प्रयोग गर्ने मात्र होईन भौतिक दुरी कायम समेत भएको पाइएन ।

कालिमाटी तरकारी तथा फलफुल बजार कै शाखा को रुप मा रहेको माछा पोखरी तरकारी बजार भित्र को दृस्य पनि सन्तोसजनक नदेखिएपछी हामी कालिमाटी तरकारी बजार तिर गयौँ । त्यहाँ को अवस्था त झन यती भयाबहा थियोकी सरकार ले कालिमाटी बजार हैन बजारका ब्यापारी ले सरकार लाई चलाईरहेको छ । त्यहाँ कार्यलय को संबन्धित ब्यक्ती संग कुरा गर्न खोज्दा आफु संग बोल्ने अनुमती नभएको भन्दै पन्छिए । त्यहाँ बाट हामी निजी क्षेत्र बाट सन्चालित बल्खु तरकारी बजार मा पुगेका थियौं । अवस्था उहि थियो । सरकार ले भने जस्तो सवधानी पटक्कै अपनाइएको थिएन ।भौतिक दुरी कायम हुने सम्भावना नै थिएन ।हामी बल्खु कै फलफुल बजार मा पुग्दा उस्तै देखियो दृस्य ।


यि दृस्य हरु ले हामिमा मात्र होइन आम जनमानस मा केहि प्रश्न हरु उब्जाएको छ ।


कोरोना को त्रास ,लक डाउन या निषेधज्ञा कस्को लागी ?सरकार कि नागरिक !


कतै ब्यापार गर्नको लागी मात्र त होईन ?


के यो कोरोना भन्ने भाइरस ले समय हेरेर मात्र संक्रमण फैलाउने हो ? हैन भने एका बिहानै को यो बजार हरुमा देखिएको भिडभाड ले के संकेत गर्छ ?


यस को जवाफ दिने संबन्धित निकाय चै को ?


निषेधाज्ञा लगाउने प्रशाशनिक संयन्त्र कमजोर कि कानुन उलंघन गर्ने ब्यापारी र किनमेल गर्ने उपभोक्ता बलिया ?


दिउँसो पैदलयात्रा गर्ने पदैलयात्री लाई होल्डिङ गर्ने प्रशासन बिहान चै मौन किन ? कतै मिलेमतो त छैन ?


अबा रोग ले भन्दा पनि भोक ले मरिन्छ कि ?


यदी यो अफवाह मात्र हो भने र नियन्त्रण गर्न सकिदैन भने अब आ-आफ्नो स्वास्थ्य को ख्याल गर्दै सामान्य जिवन यापन मा फर्कने कोशीस गर्ने कि ?

भर्खरै

सम्बन्धित खबर

Language »