सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खेलाडी चन्द्रकला डिस्चार्ज हुँदै, कुटपिट गर्ने दम्पतीको म्याद थपिने

बिर्तामोड । जातीय विभेदका कारण पाँच दिनअघि कुटपिटमा परेकी एथलेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादे आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज हुने भएकी छन् ।

चन्द्रकलाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भएको थियो । मेचीनगर–१३ चारआलीका राजन दर्जीलाई गालीगलौज गर्दै लखेटिरहेका स्थानीय दुर्गा श्रेष्ठ र विष्णु श्रेष्ठ दम्पतीले चन्द्रकलामाथि बेल्टले निर्घात प्रहार गरेका थिए । श्रेष्ठ दम्पतीबाट लखटिएका दर्जी गुहार माग्दै चन्द्रकलाको पसलमा पसेका थिए ।

जातीय विभेदयुक्त गाली गर्दै आफ्नो पसमा आएका श्रेष्ठ दम्पतीलाई चन्द्रकलाले रोक्न खोजिन् । तर, श्रेष्ठ दम्पती त पनि तल्लो जातकी रैछस् भन्दै कुटपिटमा उत्रिएका थिए ।

सात महिनाकी गर्भवती रहेकी उनी चैत ११ गते लकडाउन हुनुअघि काठमाडौंबाट घर आएकी थिइन् । चन्द्रकलाका पति सुमन खातीलाई पनि श्रेष्ठले कुटपिट गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाले श्रेष्ठ दम्पतीलाई पक्राउ गरेर आवश्यक कारबाही बढाएको जनाएको छ । जातीय रूपमा होच्याउँदै आक्रमण गर्ने श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता भएपछि प्रहरीले पक्राउ गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »