सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

थप ९२७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

हाल सम्म क्वारेन्टाइनमा रहेनेको संख्या ८ हजार ९३९ रहेको जागेश्वर गौतमले जानकारी दिए।

होम आइसोलेसनामा रहनेको संख्या ६,४४६ रहेको छ भने संथागत आइसोलेसनामा रहनेको संख्या ९५७३ रहेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन्।

कुल डिस्चार्ज हुनेको संख्या भने २० हजार २४२ पुगेको छ । यो कुल संक्रमित मध्ये डिस्चार्ज हुनेको ५६ प्रतिशत हो।

भर्खरै

सम्बन्धित खबर

Language »