सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायिका शशिकला माेक्तानकाे “तिम्रो साथ रहने छु”म्यूजिक भिडियाेमा जयनन्द लामाकाे टिप्पणी

काठमाडौँ । वरिष्ठ कलाकार जयनन्द लामाको प्रमुख आतित्थ्यतामा गायिका शशिकला मोक्तानको नयाँ गीत “तिम्रो साथ रहने छु” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

“झरना, पहाड जस्तै
फूल सुभास जस्तै
घाम र छाँया जस्तै
जुन र तारा जस्तै
नदी किनारा जस्तै
म तिम्रो साथ रहने छु ।”
शशिकला मोक्तानको सुरिलो आवाजले शब्दलाई साँच्चिकै न्याय दिन सफल भएको छ । गायिका शशिकला मोक्तन तामाङ समुदायको सांगीतिक क्षेत्रमा स्थापीत गायिका हुन् ।

प्रकाश तामाङको शब्द रचनामा गायक कुमार योञ्जनले गायिका शशिकला मोक्तानलाई साथ दिएका छन् । कार्यक्रम संचालिकाले गायक कुमार योञ्जनलाई बहु प्रतीभाशालीको संज्ञा दिएता पनि यो भिडियोबाट दर्शकले उहाँको मुल्याङ्कन गर्ने छन् किन भने गायक स्वयम्ले यो गीतमा अभिनय गरेका छन् ।

नेपाली गीत संगीतमा माया र प्रेमका गीतहरु छ्याप्छ्याप्ति भेटिन्छन् । युटुवमा खोज्ने हो भने लाखौँ लाख भेटिन्छन् । ती लाखमा यो म्यूजिक भिडियो एक हुन सक्छ या सकिदैँन परिणाम हेर्न बाँकी नै छ । गायिका शशिकला मोक्तानले नेपाली गीत संगीतमा पाइला टेकेको धेरै भइसकेको छ । गायिका शशिकला मोक्तानले पहिचान कमाउन सफल पनि भएको छ । गोरी गोरी मैच्याङ, होई च्याङबा, कहाँ पर्यो घर, लगाएत दजनौं गीतहरु सर्वाधिक चर्चा कमाउन सफल गीतहरु हुन् ।
डाजाङका अध्यक्ष तथा लोक भाकाको सर्जक फूल कुमार बम्जनले लकडाउनको समयमा नयाँ गीत सुन्न पाएको भन्दै खुशी व्यक्त गर्नुभयो भने तामाङ कलाकार संघका उपाध्यक्ष विश्व दोङले बिस वर्ष पछि कुमार योञ्जनलाई गीत संगीतको क्षेत्रमा देख्न पाएकोमा खुशी व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।

विशेष अतिथि तथा नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङले गीत गाउनुस् तर आफ्नो भाषाको लयमा गाउनुस् भन्दै सुझाव दिुनुभयो । उहाँले २०३९ साल तिरको घट्नाक्रमलाई सम्झदै भन्नु भयो “जसले संगीत बुझेको हुन्छ उसले गीत गाउँदैन, जसले संगीत बुझेको हुँदैन उसले गीत गाउँछ ।”यतिमा उहाँ रोक्नु भएन । उहाँले थप्दै भन्नु भयो । लकडाउनको समयमा हामी घर भित्र नै बस्यौं तर शशिकला बहिनीको टिमले भिडियो नै निर्माण नै गर्न भ्याइसके छन् । हुन त तामाङ कलाकार र तामाङ पत्रकारहरुलाई कोरोना लाग्दैन । किन भने केही गर्छु भन्ने उर्जा बोकेर हिँडेका हुन्छन् त्यत्तिमात्र हैन उहाँहरुले बाहिर पनि भित्र पनि स्यानीटाइजर लगाउँछन् ।” उहाँले ठट्टा पनि गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ कलाकार जयनन्द लामाले व्याङग्यात्मक शैलीमा पुरो दिनहरु सम्झदै भन्नु भयो । “जतिबेला मैले रेडियो नेपालमा फूलबारी कार्यक्रम संचालन गर्न प्रस्ताव लगेको थियो त्यो बेलामा तामाङ भाषा लुकेर बोल्नु पर्थ्यो । अहिले हामी दैनिक जस्तो नयाँ नयाँ भाकामा गीतहरु सुन्न र हेर्न पाउँछौ । यो मेरो लागि अनि तामाङ समुदायका लागि खुशीको कुरा हो ।”

“तिम्रो साथ रहने छु” म्यूजिक भिडियो समग्रमा राम्रो नै निर्माण भएको छ । संगीतकार, गायक, मोडल अनि भिडियो समायोजन पनि कुमार योञ्जन नै गरेका हुनाले नयाँ क्रियसन दिन नसकेको हो कि भन्ने कतै प्रश्न उठाउने ठाउँ भने छन् तर त्यो दर्शकहरुले मुल्याङ्कन गर्ने पक्ष भएको हुनाले हामीले यहाँ समिक्षा गरेनौ ।

यो भिडियो कुमार योञ्जन नामक अफिसियल् युटुब च्यानलबाट सार्वजनिक भएको छ । कार्यक्रम संचालिकाले कुन च्यानलबाट यो भिडियो सार्वजनिक भएको छ त्यो जानकारी दिएका थिएनन् भने प्रमुख अतिथिलाई गुरु चाँहि हो गोरु हैन भन्ने शब्द प्रयोग गरेको थियो । यसले कार्यक्रममा निम्ताएको प्रमुख अतिथिलाई सम्मान गरेको हो या होच्याएर सम्बोधन गरेको हो त्यो कार्यक्रम संचालिकाले नै बुझिदिने कुरा हो ।

भर्खरै

सम्बन्धित खबर

Language »