सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे स्वदेश फर्किए

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेर उनी स्वदेश फर्किएका हुन् ।

आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणमा आएका उनको स्वागतमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलबाट फेङ्हे नेपालीस्थित चिनियाँ दूतावासमा पुगेका थिए ।

त्यसपछि नेपाली सेनाको जंगीअड्डा पुगेका उनलाई सम्मान गारद प्रदान गरिएको थियो भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित र सैन्य सहयोगका विषयमा छलफल भएको थियो ।

सेनापति थापासँगको भेटमा विगतमा घोषणा गरिएका सैन्य सहयोगलाई कार्यान्वयनमा ल्याउने विषयमा छलफल भएको थियो । साथै, कोरोना महामारीका कारण रोकिएको सगरमाथा फ्रेण्डसीप संयुक्त सैन्य अभ्यास सुचारु गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »