सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चेतावनी पछि पनि दक्षिण कोरियामा सरकारविरोधी प्रदर्शन

एजेन्सी। स्वास्थ्य अधिकारीहरुले दिएको चेतावनीलाई बेवास्ता गर्दै दक्षिण कोरियाको राजधानी सोउलमा दशौं हजार मानिस सडक आन्दोलनमा उत्रिएका छन्।

राष्ट्रपति मुन जेइ इनको नीतिविरुद्ध कोरियामा प्रदर्शन भएको हो। मुनले हालै ल्याएको घरजग्गा बजार नीति र सरकारका सदस्यहरु विभिन्न यौनकाण्डमा मुछिएसँगै कोरियामा सरकारविरोधी प्रदर्शन भएको हो। कोरियाली नागरिकहरु सरकार विरोधी प्रदर्शनमा सहभागी भएका हुन्।

शनिबार त्यहाँ थप १६६ जना मानिसमा कोरोना पुष्टि भएको छ। पछिल्लो एक महिनामा एकैदिन भएको यो सबैभन्दा धेरै संक्रमण हो। सोल शहरमा प्रशासनले यसअघि कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उल्लंघन हुने भन्दै प्रदर्शनमा रोक लगाएको थियो।

तर केही स्थानमा प्रदर्शन आयोजना गर्न अनुमति पनि दिएको थियो। हालै यी प्रदर्शनमा संलग्न भएका १३० जनामा कोरोना पुष्टि भएको छ। आन्दोलनमा सहभागी हुन चर्चका पास्टरहरुले सामाजिक सञ्जालमार्फत मानिसहरुलाई अपिल गरेका थिए। सो अपिलसँगै पुलिसले आंकलन गरेभन्दा निकै धेरै मानिसहरु प्रदर्शनमा सहभागी भएका हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »