सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डिश होमको देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने

डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल मुख्य सहरहरूमा फाइबरनेट विस्तार गरिरहेको छ ।

कम्पनीले डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

कम्पनीले हालै बिर्तामोडमा आफ्नो सेवा विस्तार गरेको छ । हालै डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र सेल्स म्यानेजर बिपिन्द्र न्यौपानेले गरे । झापाका अन्य स्थानमा पनि डीटीएच फाइबरनेट चाँडै पुग्ने सेल्स अफिसर प्रज्ज्वल अधिकारीले बताए ।

फाइबरनेटमा १० एमबीपीएसदेखि १०० एमबीपीएससम्मका प्याकेज उपलब्ध छन् ।

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, हेटौंडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर, विराटनगर, पोखरा लगायतका ठाउँमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

छिट्टै नेपालका प्रमुख सहरलगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार हुने कम्पनीले जनाएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »