सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ टाेपीमा सजिदै न्यूजिल्याण्डका तामाङ समुदायले ल्हाेछार मनायाे

न्यूजिल्याण्ड । तामाङ सोसाइटी अफ न्यूजिल्याण्डले २८५७ औँ लाङ ल्होको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको सारा खबरलाई निश्चल तमाङले जानकारी दिएको छ । कार्यक्रम न्यूजिल्याण्डको साउथ आइसल्याण्डको वइन्सटनमा भएको थियो ।


आत्मराम खनालको प्रमुख आत्थ्यितामा सम्पन्न भएको उक्त कार्यक्रममा एन आर एन न्यूजिल्याण्डको अध्यक्ष लाल केसी, तामाङ सोसाइटी अफ न्यूजिल्याण्डको पूर्व अध्यक्ष बाल कुमार गोले अतिथिको रुपमा उपस्थित रहेका थिए भने बर्तमान अध्यक्ष सान्त लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।


आयोजक टिमले नेपालबाट कलाकार ल्याउने योजना भएता पनि कोरोनाको कारणले ल्याउन नसकेको सारा खबरलाई न्यूजिल्याण्डबाट तामाङले बताएको छ ।


न्यूजिल्याण्डमा बसोबास गरेको तामाङ समुदायमात्र नभएर गैरतामाङहरु सबै मिलेर ल्होछार मनाएको हो ।


स्थानीय कलाकारहरु मिम दोङ, मिलन गोले, दिपेन्द्र क्षेत्रीले विभिन्न नेपाली गीतहरु प्रस्तुत गरको थियो भने सरगम सरुना पाख्रिन,त्रिया ओभिसा लामा,मलिना, क्रिस्टिना, सिर्जन लगाएतका कलाकारहरुले नृत्य प्रस्तुत गरका थिए ।


उक्त कार्यक्रममा नेपाली परिकारहरु तामाङ खाना, तामाङ भेषभुषा, नेवारी खाना लगाएत विभिन्न परिकारहरुको स्टल राखिएका थिए भने कार्यक्रम आयोजना गर्नुको मुल उदेश्य भनेको न्यूजिल्याण्डमा बसोबास गर्दै आएका तामाङहरुले तामाङ भाषा, धर्म, सस्कृतिको लोप नहोस् भनेर आयोजना गरेको जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »