सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तामाङ सोसाइटी अफ टेक्सास अमेरिकाको क्यानसर पीडित विद्यार्थीको आर्थिक सहयोग

काठमाडौँ । तामाङ सोसाइटी अफ टेक्सास अमेरिकाको पहलमा क्यानसर पीडित विद्यार्थीको लागि एक लाख सैतिस हजार छ सय पचास आर्थिक सहयोग गरेको छ ।


नुवाकोट निवासी पासाङ तामाङ तीन वर्ष डिभी परेर अध्ययनका लागि अमेरिका गएको थियो तर एक्कासी पेटमा समस्या देखेका तामाङलाई क्यानसर भएको प्रमाणित भएको थियो ।


नेपालमा नै परिवारको साथमा उपचार गराउने मनस्थीतिका साथ नेपाल आएका तामाङलाई अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुले आर्थिक संकलन गरि उपचारको सहयोग गरेको हो ।


तामाङ सोसाइटी अफ टेक्सासको अध्यक्ष टिछिरिङ लामा ($102), संग्रम तामाङ($102), सुर्य मोक्तान($50), शंकर घिसिङ($51), कुमार योञ्जन($50), गणेश तामाङ($50), चक्र तामाङ($50), संजय तामाङ($51), लभि लामा($10), रत्न तामाङ($50), पुर्ण तामाङ($51), सोनाम तामाङ($50), दुल ग्लान तामाङ($50), इन्दु लामा($101), रचना लामा ($51) निरु लामा($50), मिङमार थोकर($25), सुनिता पाख्रिन($57), सकिला राई($50), अन्जली गुरुङ($50), मञ्जु तामाङ($50), रजन लामा($50), गरी जम्मा अमेरीकी डलर बाह्र सय एक पठाएको थियो । उक्त रकम सारा खबरको माध्यमबाट नेकपाका युवा नेता तथा तेमाल गाउँपालिकाको नेकपाका नेता प्रदिप कुमार लामाको हातबाट हस्तान्तरण गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »