सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाङका कोरोना संक्रमितको उपचारको क्रममा निधन


नेपालगञ्ज,दाङका कोरोना संक्रमित जेष्ठ नागरिकको बाँकेमा उपचारको क्रममा निधन भएको छ ।

कोरोना संक्रमित ७० वर्षीय पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ती पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

कार्तिक ११ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनमा १२ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »