सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई नेताकाे कारण नेकपा (एमाले) संकटमा

काठमाडौं । नेकपा (एमाले) आन्तरिक कलहको कारणले संकटमा फस्दै गइरहेको छ ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वली र वरिष्ठ नेता माधव नेपाल बीचको तिक्तताका कारणले नेकपा (एमाले) संकटमा फसेको हो । अहिले नेकपा (एमाले) मा दुई समुह देखा परेको छ ।

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपाललाई लक्षित गरी देशद्रोहीलाई पार्टीमा ठाउँ छैन भनेर कडा आलोचना गरेको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव कुमार नेपालले चालेको कदम कम्युनिस्ट आन्दोलन हित विरुद्धमा भएको बताउनु भयो भने वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालफे ओलीलाई संकेत गर्दै भन्नुभयो । “फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरे हुन्छ । ”

यसरी दुई नेता बीचको दोहोरी कै कारण तल्लो कमिटीका नेता तथा कार्यकर्ताहरु अन्योलमा छन् । पार्टी एकताका लागि गठन गरिएको समितिले ठोस निर्णय लिन सकिरहेको छैन ।

नेकपा (माओवादी ) र नेकपा (एमाले) गठबन्धनबाट पार्टी एकताका लागि पहल भएकाे थियाे । पार्टी एकताकाे क्रममा नेकपा (माओवादी)काे अध्यक्ष पुष्प कमल दाहाल बीच पूर्व प्रधानमन्त्री केपी ओलीमा विवाद शुरू भएकाे थियाे । त्यही विवाद अहिले नेकपा (एमाले) संकटमा फस्नुकाे प्रमुख कारण भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »