सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोहोर अंकले घट्यो शेयर बजार

साताको तेस्रो दिन नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम पनि ५ अर्बमा सीमित भएको । अहिलेको शेयर बजारमा देखिएको उतार चढावले लगानीकर्ताहरू दुविधामा देखिएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ५४ अंकले घटेर २९२९ दशमलव २८ विन्दुमा झरेको छ । नेप्से ० दशमलव ६३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३ दशमलव २१ अंकले घटेर ५४५ दशमलव ६६ विन्दुमा झरेको छ ।

कुल २२२ वटा कम्पनीको एक करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रूपैयाँ बराबरको मात्र कारोबार भएको जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये मंगलबार सबै उपसमूहको शेयर घटेको छ । मंगलबार अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले नै अग्रता कायम गरेको छ । कम्पनीको २७ करोड ३ लाख ७० हजार ५ सय २४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यता मनकामना लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढ्दा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्किट लेभलमा पुगेको थियो । सो कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »