सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धोबि खोला बस्तिमा पसेपछि आसपासका क्षेत्रमा डुबान

काठमाडौं।भारी वर्षाका कारण काठमाडौँको धोबी खोला कोरिडोर आसपासका क्षेत्रमा डुबान भएको छ ।
बर्षायामको पानिको बहाबलाई नजर अन्दाज नगरी खोलाको साईज घटाएर दुबै तर्फ वाल लागाएर साँघुरो बनाएको कारण पानिको निकास नपुगेर पानि बस्तीमा पसेको स्थानियहरु बताउछन्।
 जथाभावि फालिएको फोहोर बिभिन्न ठाउँमा गएर थुप्रीदा पनि पानिको निकास बन्द भई खोलाले आफ्नो बाटो मोडेको हुन सक्ने जानकारहरुले बताएका छन्।
 वर्षाका कारण पानी जाने निकास नहुँदा सो क्षेत्रमा डुबान भएको हो । कोरिडोर आसपासका क्षेत्रका केही घरहरूमा बाढी पसेको छ ।

निरन्तरको वर्षाले मदन भण्डारी कलेज वरपरको क्षेत्र जलमग्न भएको थियो ।

सडकमा राखिएका गाडी समेत डुबेका थिए भने सर्वसाधारणको आवतजावतमा समस्या भएको थियो ।

 धोबी खोला कोरिडोरलाई व्यवस्थित बनाइए पनि पानी निकास हुने ठाँउको अभाव भएपछि सो क्षेत्र डुबानमा पर्दै आएको छ ।

 

भर्खरै

सम्बन्धित खबर

Language »