सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नयाँ पुस्तालाई दक्षिण कोरियाको संस्कृतिमा प्रभावित नहुन उत्तर कोरियाको सुझाव

उत्तर कोरियाले आफ्नो देशका युवाहरुलाई बोलचालीमा दक्षिण कोरियाको अनौपचारिक भाषा (स्ल्याङ्ग) प्रयोग नगर्न सुझाव दिएको छ ।

बोलीचालीको क्रममा आफ्नो देशकै औपचारिक भाषाको प्रयोग गर्न उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अपील गरेको हो । अभद्र र असभ्य भाषाको प्रभाव दक्षिण कोरियाबाट युवाहरुमा परेको भन्दै त्यस उत्तर कोरियाले यस्तो अपील गरेको हो । सरकारी पत्रिकामा प्रकाशित भएको अपील दक्षिण कोरियाको फेसन, हेयरस्टाइल र संगीतको प्रभावमा नपर्न पनि चेतावनी दिइएको छ । कुनै पनि प्रकारको विदेशी प्रभाव पर्न नदिनका लागि ल्याइएको नयाँ कानून अन्तर्गत कडा कारवाहीको व्यवस्थासहित उत्तर कोरियाको बोलीचाली, लगाई तथा संगीतको प्रभावमा नपर्न युवा पुस्तालाई चेतावनी दिइएको हो ।

आग्रह उल्लंघन गर्नेहरुलाई जेल सजायसँगै फासीसम्म हुन सक्ने व्यवस्था छ । दक्षिण कोरियाको पप कल्चरको प्रभावमा नपर्न आधिकारिक पत्रिका रोडोङ्ग सिन्मुनले चेतावनी दिएको हो ।

बन्दुकसहितका शत्रुहरु भन्दा पनि आफ्नो संस्कृतिमाथि हुने आक्रमण खतरानाक हुने भन्दै दक्षिण कोरियाको चमकधमकको पछि नलाग्न अपील गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »