सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बक्रा इदको सार्वजनिक विदा घोषणा, नेपालगञ्ज उप-महानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाद्धारा धन्यबाद ज्ञापन


काठमाडौं , सरकारले साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्वहरुको बिदा कटौती गरे पछि चौतर्फी आलोचना हुदै आएको थियो । ४ बर्ष सम्म सरकारको नेतृत्व गरेको ओली सरकार संग पटक पटक मुस्लिमहरु बिदा दिन माग गरे पनि उनले मुस्लिम समुदायलाई गैर नागरिक सरह व्यवहार गर्दै बिदा दिएका थिएनन् ।

मुस्लिमहरुका अनुसार ओलीले सरकारको नेतृत्व गर्ने बित्तिकै मुस्लिम सहित केहि अल्पसंख्यक समुदायको बिदा कटौती गरेका थिए ।
यता नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरे लगत्तै मुस्लिमहरुको पर्व बक्रा इदको बिदा घोषणा गरेका छन् । नेपाल हज समितिका अध्यक्ष सम्सेर मियाँको बिशेष पहलमा उक्त बिदा घोषणा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।


बक्रा इदको सार्वजनिक विदा दिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले वर्तमान सरकार प्रति धन्यबाद ज्ञापन गर्दै भन्नु भयो, राजाले नेतृत्व गरेका बेला पनि मुस्लिम समुदायको पर्व सार्वजनिक बिदा हुने गरेको थियो तर ओलीले सरकारको नेतृत्व पाउने बित्तिकै मुस्लिमहरुको बिदा कटौती गरि दिएका थिए ।


यस्तै बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह समेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »