सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंमा राष्ट्रिय शक्ति नेपालको शक्ति प्रदर्शन

काठमाडौं । सनातन हिन्दुधर्मको रक्षा,संघियताको खारेजि तथा राज संस्थाको पुनस्र्थापनाको माग राख्दै राष्ट्रिय शक्ति नेपालले काठमाडौंको बसन्तपुरमा बृहद आमशभा गरेको छ ।

उपत्यकाको बिभिन्न भाग बाट आएको जुलुस दरवारमार्ग को महेन्द्र शालिकमा जम्मा भई वसन्तपुर पुगेर शभामा परिणत भएको थियो ।
सो कार्यक्रममा राष्ट्रिय शक्ति नेपालको केन्द्रीय अभियन्ता तथा काठमाडौं क्षेत्र नं ७ का देवेन्द्र महर्जनको कमाण्डमा बालाजु बाट पञ्चे बाजा र नेवारी धिमे वाजा सहित माछापोखरी,बालाजु,बोेराटार,क्षेत्रका युवा ,महिला तथा अन्य नागरिक हरुको पनि उलेख्य उपस्थिति रहेको थियो ।


पञ्चायतकालका पुर्व मन्त्री समेत भएका केशर बहादुर बिष्ट को नेतृत्वमा शुरुभएको यो संगठनमा नेपाली सेना ,शसश्त्र प्रहरी बल,नेपाल प्रहरी तथा अनुसन्धान बिभाग लगायत नेपाल सरकारका उच्च स्तरमा रहेर काम गरीसकेका ब्यक्तिहरु समेत कार्यकारी भुमीकामा रहेका छन् ।
काठमाडौं उपत्यका ब्यापि आम शभा भनेपनि बाहीरी जिल्लाको समेत उलेख्य उपस्थिति रहेको बुझिएको छ ।


कार्यक्रममा बाल्दै बक्ताहरुले देश गम्भिर मोडमा पुगिसकेकोले बर्तमान राज्य ब्यबस्थालाई अब धान्न नसकिने भन्दै संघियताको खारेजि अपरीहार्य भएको बताए ।

राज्यको कुल बजेटको ८० प्रतिशत रकम सामान्य खर्चमा लगानि गर्ने बाँकि २० प्रतिशतमा समेत भ्रष्टाचार हुने देखिएकोले यो राज्य ब्यबस्था पुर्णरुपमा असफल भएको बक्ता हरुले जिकिर गरेका थिए ।


कार्यक्रममा नेपाली काँग्रेस का पुराना नेता मानिने बिपिन कोईराला , पुर्व मन्त्री प्रदिप ज्ञवाली, तामाङ अगुवा बुद्ध लामा ,हास्य कलाकार राजाराम पौडेल, सर्जक तथा पत्रकार शिशिर योगी लगायत काठमाडौं उपत्यकाका क्षेत्रिय शभापति हरुले मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मनतब्य राख्दै राष्ट्रिय शक्ति नेपालका संयोजक केशर बहादुर बिष्टले यि राजनैतिक पार्टीहरु अब आफैले खनेको खाल्डोमा पुरीने निश्चित भईसकेको बताउनु भयो । हिजो आफ्नो राजनैतिक स्वार्थ पुरा गर्न आम नागरिकलाई दिएको आस्वासन पुरा गर्न नसके पछि ,आफ्ना कार्यकर्ताको ब्यबस्थापन गर्नको लागिमात्र संघियताको मोडल ल्याएर देशलाई पाँच दशक पछाडी धकेलिदिएको उहाँको आरोप छ । यो ब्यबस्था देशले धान्नै नसक्ने उहाँको जिकिर छ । अहिले आफुहरुले देशलाई भट्खारो बाट बचाउन प्रयास मात्र गरेको समय आएपछि नतिजा अवस्य आउने उहाँको धारणा रहेको छ ।


भर्खरै

सम्बन्धित खबर

Language »