सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जको सडक पेटीमा बस्ने गरिब, मजदुरहरुलाई निशुल्क खाना खुवाइने- वडा अध्यक्ष बेहना


नेपालगञ्ज , नेपालगञ्ज उपमहानगरपालिकाको विभिन्न सडक पेटिमा बस्ने गरिब मजदुरहरुलाई देखि निशुल्क खाना खुवाइने छ ।

राप्रपाका युवा नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष समेत रहेका मोहम्मद सफिक बेहनाले आफ्नो व्यक्तिगत तर्फबाट बिहिबार देखि निशुल्क खाना खुवाउने बताउनु भएको छ ।

नेकपा माओवादीका नेता बसन्त मल्ल, राप्रपा नगर समितिका संयोजक रबि बर्मा, कोषाध्यक्ष चाँद बाबु र सोनु कादरीले संयोजन गर्ने गरि बेहनाले खानाको व्यवस्था गरेको जानकारी दिनु भयो ।
बेहनाले भन्नु भयो ‘हाम्रो उद्देश्य कोहि पनि भोकभोकै बस्नु नपरोस् भन्ने नै हो। सरकारहरुले यी गरिब दुखीको समस्या देख्दैन त्यसैले हामिले सकेको सहयोग गरिरहेका छौँ।’ उहाँले भन्नुभयो कोरोनाको दोस्रो लहर सुरु भए पछि भेरी अस्पतालमा अक्सिजनको अभाब भए पछि २ लाख बराबरको अक्सिजन र तातो पानी पिउनुका लागि डिस्पेसन्सरी सहयोग गरेको जिकिर गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »