सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा कोल्हापुरी चप्पलको पसल संचालनमा


नेपालगन्ज,नेपालगन्जमा आजदेखी कोल्हापुरी चप्पलको पसल संचालनमा आएको छ ।
पसलको नाम भने कोल्हापुरी फुटवयर राखिएको छ ।

भारतमा चर्चित कोल्हापुरी जुत्ताचप्पल इरसाद हुसेनले भित्राएका हुन । नेपालगन्जमा यो पहिलो पटक भित्रीएको हो । यस अघि यहि ब्राण्डका जुत्ता चप्पल किन्न नेपाली उपभोक्ता भारती बजार जाने गरेका थिए ।
लेडिज र जेन्स दुबै आइटमका जुत्ता चप्पल कोल्हापुरीमा पाइने हुसेनले बताउनु भयो । उक्त पसलको आज एक कार्यक्रमका बिच हुसेनका बुवा आमाले उदघाटन गर्नु भयो।

उक्त पसलको उदघाटनमा शुभकामना मन्तब्य दिदै जनता समाजवादी पार्टी (जसपा)का नेता सम्सुल हक राईले नेपालगन्जबाट पहिलो पटक संचालनमा ल्याइएको यो पसलले उपभोक्तालाई सहजता प्रदान गर्ने बताउनु भयो ।
उहाँले सस्तो र सुलभ मुल्यमा गुणस्तरिय सेवा दिन सुझाव दिनु भयो । अनलाइन बाट समेत सेवा प्रवाह गरिने सन्चालक हुसेनले बताउनु भयो ।

जुत्ता चप्पल संगै इलेक्ट्रोनिक सामान र जकेटहरु पनि उपभोक्ताले यहि पसलबाट खरिद गर्न सक्ने हुसेनको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »