सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोभिड भ्याक्सिन आउन ढिलासुस्ती

हाल विश्वभर फैलिरहेको कोभिड-१९ महामारी विरुद्धको खोप विभिन्न देशहरूमा दिन सुरु भैसकेको छ । छिमेकी मुलुक भारतमा पनि शनिबारदेखि कोभिड खोप लगाउन सुरु भइसकेको छ तर नेपालमा भने यो खोप कहिले आउने अझै स्पष्ट भैसकेको छैन ।

कोभ्याक्स फ्यासिलिटीले गत साता स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्रमा खोप पठाउने जानकारी दिएको छ। नेपालले अझै कम्तीमा ३ महिना खोपको लागि कुर्नुपर्ने भएको छ । कोभ्याक्सले नेपालको २० प्रतिशत जनसंख्यालाई निशुल्क खोप उपलब्ध गर्ने बताएको छ । कोभ्याक्सले खोप पठाउन ढिला गरे सरकारले ३ प्रतिशत जनसंख्यालाई पहिल्यै खोप खरीद गर्ने जनाइएको छ । त्यसका लागि पनि सरकार प्रक्रियामा छ। कोभ्याक्सले नेपालमा कुन खोप पठाउनेछ भन्नेबारे खुलाएको छैन । आवश्यक तयारी पुरा गर्न कोभ्याक्सले नेपाललाई पत्र पठाएको छ । अलिक समयपछि कोभ्याक्सले कुन कम्पनीको खोप नेपाल पठाउनेछ भन्ने जानकारी गराउने स्वास्थ मन्त्रालयले बताएको छ ।

कोभ्याक्सबाट आउने बाहेक पनि सरकारले व्यक्तिगत रूपमा खरीद गर्न पनि खोप उपलब्ध गराउने बताएको छ । त्यसका लागि कुन खोप ल्याउने भन्नेबारे अझै निर्क्यौल भैसकेको छैन । औषधि व्यवस्था विभागले भने शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »