सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली कांग्रेसको थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक

काठमाडौँ- नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ।

केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा थप ५ जिल्लाको नामावली प्रकाशित गरेको हो।

सुर्खेत, बाँके, डोल्पा, महोत्तरी र सिरहा जिल्लाका क्रियाशील सदस्यताको सूची हिजो शनिबार प्रकाशित गरिएको निर्वाचन समितिले जनाएको छ।

क्रियाशील सदस्यको सूची प्रकाशित नहुँदा यी जिल्लामा कांग्रेसले वडा तहकै अधिवेशन गर्न सकेको थिएन। भदौ १८ र असोज ५ मा वडा अधिवेशन तोके पनि यी जिल्लामा हुन सकेको थिएन। अब क्रियाशील सूची आएसँगै वडा अधिवेशन गर्ने बाटो खुलेको छ।

काँग्रेसमा अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन सकेको छैन। प्रदेश नम्बर २ का अधिकांश जिल्लाको सूची सार्वजनिक हुन सकेको छैन।

सम्भवत: आज बाँकी ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »