सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल पत्रकार महासंघ बाँके शाखाले एक महिने आधारभुत पत्रकारिता तालिम सुरु

नेपालगन्ज,बाँकेको नेपालगन्जमा एक महिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । कोरोना महामारीबाट थलिएको बाँकेमा लामो समयको अन्तरालमा सोमबारबाट पत्रकारीता तालिम सुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले एक महिने आधारभुत पत्रकारीता तालिम सुरु गरेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

सोमबारबाट महासंघको हलमा सुरु भएको तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले पत्रकार महासंघसँग समन्वय गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । उनले राज्यको अभिन्न अंगको रुपमा रहेको संचारक्षेत्रमा क्षमतावान ब्यक्तिको आवश्यकता सधै खड्कीरहने भन्दै एक महिने पत्रकारीता तालिमबाट उत्कृष्ट पत्रकार उत्पादनकालागि आधार तय हुनेसक्ने विश्वास ब्यक्त गरे ।

May be an image of 4 people, people standing and people sitting

साथै आगामी दिनमा समेत उपमहानगरपालिकाले एड्भान्स खालको पत्रकारीता तालिमकालागि पत्रकार महासंघसँग समन्यव गर्ने राणाले प्रतिवद्धता समेत जनाएका छन ।

May be an image of 4 people, people sitting, people standing and indoor

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष मोहम्मद अयुब सिद्दिकी, ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, तालिम संयोजक शंकर खनाल, शाखा उपाध्यक्ष संगिन शर्मा, करुणा शाह,सचिव कमल डाँगी लगायतको उपस्तिथि थियो ।

एक महिनासम्म महासंघको हलमा संचालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको महासंघ बाँकेका सचिव कमल डाँगीले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »