सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा पनि नेकपा एस रोज्दै जन प्रतिनिधीहरु, डम्बर थपा र शंकर खड्काले रोजे नेकपा एस

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा सदस्य डम्बर थापाले नेकपा एमाले परित्याग गरी नेकपा एस रोज्नुभएको छ । आईतबार जिल्ला निर्वाचन कार्यालय बाँकेमा पुगेर थापाले नेकपा एस रोज्नुभएको हो ।

आईतबार कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य शंकर खड्काले नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोज्नुभएको छ ।

दिउसो नेपालगञ्जस्थित जिल्ला निर्वाचन कार्यालय पुगेर खड्काले एमाले एस रोज्नुभएको हो । नेकपा एस रोजेपछि खड्काले एमालेमा विधि र पद्धतीको अन्त्यभई नेतृत्वले मनपरीढंगले पार्टी सञ्चालन गर्दा कम्युनिष्ट आन्दोलन नै समाप्त हुन लागेका कारण आफुले एमाले परित्याग गरी नेकपा एस रोजेको बताउनुभयो ।

नेकपा एमाले विभाजन भई नेकपा एस र जसपा विभाजन भई लोसपा गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जन प्रतिनिधीहरुलाई दल रोज्नका लागि भदौं २२ गतेसम्मको समय दिएको छ । नेकपा एस बाँकेका अध्यक्ष अशोक कोइरालाले २२ गतेसम्म बाँकेमा धेरै जनप्रतिनिधीले नेकपा एस रोज्ने दावी गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »