सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोद्धारा कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना सञ्चालन


नेपालगञ्ज, कोविड १९ रोकथामको लागि जोखिममा रहेको समुदायको सकारात्मक व्यवहार परिवर्तन गर्नका लागि बाँके युनेस्को क्लबले बाँकेको बैजनाथमा कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना सञ्चालनमा ल्याएको छ ।


प्लान इन्टरनेसनल नेपालको साझेदारीमा शुरु गरिएको सो परियोजनाबाट जोखिममा रहेको समुदायको सकारात्मक व्यवहार परिवर्तन गर्नका लागि युवा, बालिका, र समुदायको सहभागिता तथा नेतृत्वको विकासमा सबलीकरण गरिने क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


उहाँले सा परियोजनामार्फत कोभिड १९ को बिपतको अवस्थामा पनि लैंगिक समानताका मुद्दालाई सम्बोधन गरि सुनिस्चितता गर्ने उदेश्य रहेको बताउनुभयो ।


संरक्षक सिद्दिकीले कोभिड १९ का कारण अति जोखिममा रहेका परिवारलाई दैनिक जीविकोपार्जनको लागि आय आर्जन र कृषि प्रबर्धनमा परियोजनाले सहयोग गर्ने बताउनुभयो ।


सो परियोजना अन्तर्गत बैजनाथ गाउँपालिका वडा न. १ र २ का का ३०४ जना किशोरीहरुलाई सेनिटरी प्याड वितरण गरिएको छ ।

बैजनाथ गाउँपालिकाको सबै वडामा गरि ११ सय ५५ जना किशोरीहरुलाई प्याड वितरण गर्ने लक्ष्य रहेको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनुभयो ।
उहाँले महिनावारी स्वच्छता व्यवस्थानको लागि किशोरीहरुलाई प्याड वितरण गरिएको जनाउनुभयोे ।

हरेक महिलालाई १ थान प्याड र महिनावारी सम्बन्धि संदेशमुलक जानकारी सहित कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।

जनाथ वडा नम्बर १ का वडा सदस्य भर्थरी थारुको अध्यक्षतामा सम्पन्न भएको सो प्याड वितरण कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम निर्देशक रबि तुलाधर र मेलमिलाप केन्द्र चिसापानीका संयोजक सर्बराज खत्रीले संयुक्त रुपमा सोही वडाको चिसापानीका १६० जना किशोरीहरुलाई प्याड वितरण गर्नु भएको थियो । यसैगरि वडा नम्बर २ मा पनि १४४ जना किशोरीलाई प्याड वितरण गरिएको छ ।


सो परियोजना अन्तर्गत १० वटा सार्वजनिक स्थानहरुमा सन्देशमूलक होडिङ्ग बोर्ड जडान गर्ने, ११ सय ५५ जना किशोरीहरुलाई सेनेटरी प्याड वितरण गर्ने, दुई हजार किशोरी तथा महिलाहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धि फलायर मार्फत सन्देश प्रवाह गर्ने, रेडियो मार्फत दैनिक ५ पटक गरी १ महिना सम्म सन्देशमूलक जिंगल प्रशारण गर्ने र गरीब तथा जोखिममा रहेका १२८ परिवारलाई २५ हजार आयआर्जनको लागि आर्थिक सहयोग गर्ने क्रियाक्लापहरु गरिने क्लबले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »