सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पतालमा २५ वर्षिया एक युवतीको निधन

नेपालगञ्ज, भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार कोरोना संक्रमण भएकी एक जना २५ वर्षिय युवतीको निधन भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क ब्यक्ति नरेश श्रेष्ठका अनुसार, मृतक युवती कैलालीको धनगढी नगरपालिका २ सन्तोषीटोल स्थायी घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका ९ बाँके गाउँमा बस्दै आउनुभएको थियो ।

भदौ ३० गते कोरोना संक्रमण भएपछि उहाँ भेरी अस्पतालको कोभिड वार्डमा भर्ना हुनुभएको थियो । उहाँलाई प्लाज्म थेरापीसँगै रोगको प्रकृति अनुसार सबै प्रकारको अन्य सहयोगी उपचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शुक्रबार भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा उहाँको निधन भएको हो ।

कडाखालको कोभिड सङ्क्रमण देखिएकी उहाँको दुबैतर्फको फोक्सोमा निमोनिया भएको अस्पतालले जनाएको छ ।

मृतक युवती नेपालगञ्जस्थित निदान डायग्नोष्टिक सेन्टरको लेखा शाखामा कार्यरत रहनुभएको थियो । यससँगै बाँकेमा कोरोनाबाट निधन हुनेको सङ्ख्या १९ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »