सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महाभारत गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारहरुलाई भव्य स्वागत

काठमाडौं । काभ्रेको महाभारत गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारहरुलाई भव्य स्वागत गरेको छ ।

शुक्रबार कार्तिक १८ गते काभ्रेको तेमाल, नमोबुद्ध, रोशी गाउँपालिकाको चुनावी अभियान सकेर महाभारत तर्फ लागेका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रत्न ढकाल, समानुपातिक उम्मेदवार पासाङ डोल्मो लामा, यशु लामा, होम कुमारी तामाङ (अस्मिता) लगाएतका टिमलाई भव्यताका साथ वडा नं. २ स्याप्ले डाँडामा स्वागत गरिएको हो ।

महाभारतको पर्यटकीय क्षेत्र तारा खस्यो डाँडाबाट वडा नं. २ प्रवेश गरेका बाम लोकतान्त्रिक गठबन्धनको टोलीलाई अग्रिम शुभकामना दिदै पालिका अध्यक्ष संसार लामा, उपाध्यक्ष सागार मोक्तान लगाएत स्थानीय जनता, नेता तथा कार्यकर्ताहरुले फूलमाला लगाएर स्वागत गरेको हो ।
२०७४ सालमा भएकोमा पहिलो संघीय निर्वाचन पछि प्रदेश सभा सांसद रत्न ढकालको पहलमा महाभारतको प्रत्येक वडा वडामा सडक संजाल पुर्याउन सफल भएको छ । तेमाल, चौरी देउराली, रोशी, नमोबुद्ध महाभारतको जनता सामु लोक प्रिय नेता हो रत्न ढकाल ।

बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रत्न ढकालले अत्याधिक मतले विजय गराएर पुन: सदनमा पठाई दियो भने प्रत्यक पालिकाको सडक संजाल कालोपत्र गर्ने प्रतिबद्धता जनाएको छ ।

स्थानीय जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य, खानेपानी, शिक्षा , कृषि क्षेत्रमा अग्रगामी परिवर्तन गर्ने योजनाहरु लागू गर्ने घोषणा गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »