सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माडीको कीर्तनपुर बजारमा सरसफाई कार्यक्रम सम्पन्न

शंकर श्रेष्ठ,चितवन,

नवगठित कीर्तनपुर बजार व्यवस्थापन समितिको आयोजनामा माडीको कीर्तनपुर बजारमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।

समितिका पदाधिकारी र सदस्यहरुसंगै कीर्तनपुर बजारबासी, स्थानीय व्यवसायी र सुरक्षाकर्मीहरुको सहभागितामा बजार सरसफाई कार्यक्रम गरिएको हाे।

बजार व्यवस्थापन समिति पुनर्गठन भए लगतै नयाँ उत्साहसहित बजारको विकास, विस्तार, व्यवस्थापन र सरसफाईमा सहजिकरण गर्न लागिएको पुनर्गठित समितिका पदाधिकारीहरुले जानकारि दिएका छन् । साेहि बजार व्यवस्थापन समितिको पुनर्गठन प्रक्रियामा समितिका निवर्तमान अध्यक्ष डोलनाथ (नारायण) आचार्यले असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

उहाँले आफूसंग सरसल्लाह नगरी समितिभन्दा बाहिरबाटै भेला बोलाइएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको हो । प्रक्रियागत असन्तुष्टी रहेपनि नवगठित समितिले गर्ने कामहरुमा भने सहयोग गरिने र बजार सरसफाई कार्यक्रममा पनि आफू सहभागी भएको निवर्तमान अध्यक्ष आचार्यको भनाई रहेकाे छ।

भर्खरै

सम्बन्धित खबर

Language »