सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कपिलवस्तुमा माहुरी होमद्धारा ६ सय अतिविपन्न परिवारलाई राहत वितरण

कपिलवस्तु,मधेश मानव अधिकार गृह कपिलवस्तु (माहुरी होम) प्रदेश पाँचका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड १९)को त्रासले लामो समय देखी जारी लकडाउनको मारमा परेकाहरुलाई राहत वितरण गरेको छ ।

प्रदेश ५ का आठ जिल्लामा कार्यक्रम सञ्चालन गरिरहको मधेश मानव अधिकार गृहले अति बिपन्न एकल महिला, अपांग, योनिक तथा लैगिक अल्पसंख्यक, नटुआ समुदाय लगायत ६०० घरपरिवारलाई राहत वितरण गरेको माहुरी होम कपिलवस्तुका प्रमुख रवि ठाकुरले जानकारी दिनुभयो ।

माहुरी होमले परियोजनाको कार्यक्षेत्र कपिलवस्तुको कृष्ण नगर नगरपालिका, कपिलवस्तु नगरपालिका, महराजगंज नगरपालिका, बुद्ध भुमि नगरपालिका, यशोधरा गाँउपालिका, शुद्धोदन गाँउपालिका रूपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी गाँउपालिका, कोटहीमाई गाँउपालिका, मर्चवारी गाँउपालिकाका ६सय घरपरिवारलाई रहत वितरण गरेको हो ।

माहरी होमका प्रमुख रवि ठाकुरका अनुसार राहत वितरण गर्ने क्रममा केही यस्ता पिडित हरु भेटिए जस्को घरमा छाना थियो तर पानी पर्दा छाता ओढाएर बच्चाहरुलाई सुताउनु पर्ने बाद्धयता थियो । ठाकुरले भन्नुभयो नुन सीत भात खानु पर्ने अवस्था थियो ।दाल र तरकारी को त कुरै न गरौं।

लामो समयको लकडाउनको मारमा परेका विपन्न परिवारलाई माहुरी होम छलफल गरी, सदस्य, कर्मचारीहरुले चन्दा राहत वितरण हो । राहत वितरण अभियानमा ओ.एस. एफ, भि.एस ओ तथा इन्टरनेशनल अलर्ट इन्टरनेशनल अलर्टले समेत सहयोग गरेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »