सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंका टेम्पो चालकमा कोरोना संक्रमण देखियो

काठमाडौं । काठमाडौं उपत्यकामा सफा टेम्पो चालकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उनी चार दिन अगाडि मात्र सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आइपुगेका थिए । त्यसक्रममा नाकामा उनको स्वाब संकलन गरिएको थियो ।

त्यसपछि कोठामा पुगेका उनले लगातार तीन दिन शंमखुल रुटमा टेम्पो चलाए ।

शनिबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । प्रहरी र सुरक्षाकर्मीको टोलीले उनलाई त्यहीँबाट आइसोलेसन सेन्टरमा लगेका हुन्।

धेरै टेम्पो सामूहिक रुपमा ग्यारेन्जमा राख्छन् र चार्जिङ स्टेशनमा पनि भेटघाट गर्ने गर्छन् ।

यसैले एक जना चालकलाई संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरुको सम्पर्कमा धेरै मानिस आएको हुनसक्ने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »