सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सप्तरीको एउटा वडामा एकैदिन २५ संक्रमित थपिए

सप्तरी / १८ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको लौनिया टोलमा आइतबार २५ जना संक्रमित थप भएका छन्।

तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका दुई ४ वर्षीय बालक, १५ र ५५ वर्षीया महिला, २०, २२, २२, २४, २६, २६, ३१, ३५, ३५, ३५, ३६, ३८, ३८, ४०, ४२, ४२, ४५, ४७, ६०, ७१ र उमेर नखुलेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

अस्पतालको आकस्मिक कक्षमा विषसेवन पश्चात उपचार गराइरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका ५० वर्षीय एक बिरामीमा साउन ९ गते कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको थियो।

त्यसपछि उनको परिवारका पाँच जना, गाउले एक जना र उनको उपचारमा संलग्न १ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि बुधबार सम्पर्कमा आएका गाउँका १०६ जनाको स्वाब संकलन गरिएको थियो।

स्वाब संकलन गरिएको लौनियाका १०६ जनामध्ये २५ जनामा संक्रमण देखिएको गाउँपालिकाको विपद व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए।

त्यस्तै आकस्मिक कक्षमा उपचारमा संलग्न चार चिकित्सकसहित १४ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन राखिएको थियो। जसमध्ये शुक्रबार १ र आइतबार २ स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »