सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युवा संघ बाँकेको अध्यक्षमा कुश्माखर बस्याल

नेपालगञ्ज, नेकपा एमाले सम्वद्ध युवा संघ बाँकेको जिल्ला भेलाले कुश्माखर बस्यालको अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा मिलन शाह र राजु तामांग, सचिवमा सुनील रसाईली,सहसचिवमा कलामुद्धिन मनिहार र कोषाध्यक्षमा हेमन्ता चौधरी सहितको कार्य समिति चयन गरिएको हो ।

शुक्रबार नेपालगञ्जमा भएको युवा भेलाले बस्यालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । अध्यक्ष बस्याल, उपाध्यक्ष शाह र तामांग युवा संघको जिल्ला अधिवेशनबाट पनि निर्वाचित पदाधिकारी हुनुहुन्छ ।

नवनिर्वाचित कमिटीलाई नेकपा बाँकेका सचिव रत्न खत्री लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।
अध्यक्ष बस्यालले युवा संघलाई सशक्त संगठनको रुपमा अघि बढाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले युवाका मुद्धालाई सम्बोधनका लागि पार्टी र सरकारको ध्यानाकर्षण ब्यक्त गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »