सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोकिएको दोस्रो महोत्सव भोलि चैत्र १८ गते हुने

काठमाडौं । हाम्रो अभियान खेलको सान, संस्कृति र समृद्धि भक्तपुरको पहिचान भन्ने मुल नाराका साथ दोस्रो भक्तपुर साँस्कृतिक व्यापार मेला तथा फागु (पुर्णे) होली महोत्सव २०७७ यही चैत्र १८ गते देखि २५ गतेसम्म भक्तपुरमा हुने भएको छ ।

विविध कारणले राेकिएकाे दाेस्राे भक्तपुर महाेत्सव चैत्र १८ गते देखि २५ सम्म हुने ममता नेपालकाे अध्यक्ष तथा महाेत्सवकाे संयाेजक संगम लामाले सारा खबरलाइ जानकारी दिएकाे छ ।


ममता केन्द्र नेपालको अध्यक्ष संगम लामाको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै भन्नू भयो । “हामीले करिब दुई करोडको व्यापार हुने अनुमान गरिएको छ । यो नेपालमा लकडाउन पछिको पहिलो महोत्सव हो । त्यसकारणले पनि यो महोत्सव सोचे भन्दा राम्रो हुने अाशा गरिएको छ । “

मेलामा दैनिक उपभोगिय सामानहरू एकै स्थानमा उपलब्ध गराउने उदेश्यले मेला आयोजना गरेको केन्द्रका अध्यक्ष एवं महोत्सवका संयोजक संगम लामाले जानकारी दिए । मेलामा १०० वटा विभिन्न स्टलहरू रहनेछन् र साथै स्थानिय व्यापारीहरूको लागि १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । स्टलहरूमा लत्ताकपडा, विभिन्न कम्पनीका स्टलहरू, खेलकुदका सामाग्री, दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराइने छ । साथै मनोरन्जन का विभिन्न खेलहरू पनि समावेश हुने छन् । यस्तै स्थानिय एवं राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूबाट बेजोड प्रस्तुति पनि हुने संयोजक लामाले जानकारी दिए ।

महोत्सवको व्यवस्थापन चाँगुनारायण पार्टी प्यालेस र टेष्ट हाउस प्रा.लि. ले गरेको उनले जानकारी दिए । भक्तपुर नगरपालिका–७ महेश्वरी खेल मैदानमा आयोजना गरिने मेलामा कराते प्रतियोगिता, भक्तपुर डान्स आइडल–२०७७ प्रतियेगिता तथा विभिन्न खेल बिधाहरु समाबेस गरिएको लामाले जानकारी दिए ।

काठमाडौं उपत्यका लगायत काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट करिब २ लाख मानिसले महोत्सबको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले उद्घाटन गर्ने उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार दुर्गेश थापा, शिब परियार, प्रीति आले, कमल खत्री, अर्जुन कौशल, बिशाल थिङ, सन्ध्या बुढा (काउली बुढी), रमेश भट्टराई, ज्योती मगर, रोज मोक्तान, कुमार सागर, मनिषा श्रेष्ठ, सुजल मधिकर्मी लगायतका कलाकारहरुको प्रस्तुत रहने छ ।


प्रेस विज्ञप्ति यस प्रकारको छ ।

आदरणीय पत्रकार साथीहरु । ममता केन्द्र नेपालको आयोजना र चाँगुनारायण पार्टी प्यालेस र टेष्ट हाउस प्रा.लि.को व्यवस्थापनमा भक्तपुर नगरपालिका वडा नम्बर ७ महेश्वरी खेल मैदानमा चैत्र १८ गतेदेखि २५ गतेसम्म दोस्रो भक्तपुर सांस्कृतिक, व्यापार तथा फागुपूर्णे महोत्सव-२०७७ एवं कराते प्रतियोगिता, भक्तपुर डान्स आइडल-२०७७ प्रतियोगिता हुन् लागेको जानकारी गराउन पाउँदा खुसी लागेको छ ।

ममता केन्द्र नेपाल एक विशुद्ध सामाजिक संस्था हो । यसले फागुपणेलाई मध्यनजर गर्दै पर्यटकीय नगर भक्तपुरको महेश्वरी खेल मैदानमा ९ दिन लामो मेला हुन लागेको छ ।

मेलामा कराते प्रतियोगिता, नृत्य प्रतियोगिता तथा विभिन्न खेलहरुको आयोजना हुने समेत समस्त पत्रकारज्यूहरुमा जानकारी गराउन चाहन्छौं ।

केन्द्रको आयोजनामा हुन लागेको मेलामा हाम्रा दैनिक उपभोगीय सामग्रीहरु एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गर्न लागेको जानकारी गराउँछौं । मेलामा १०० बटा विभिन्न स्टलहरु रहनेछन् । स्टलहरुमा लत्ताकपडा, विभिन्न कम्पनीका स्टलहरु, खेलकुदका सामग्री, दैनिक आवश्यकीय सामग्रीहरु उपलब्ध गराइने छ । यस्तै मनोरञ्जनका खेलहरु पनि समावेश हुने जानकारी गराउँछौं । खेलमा रोटेपिङ, नाउ, बेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला मिकी माउस जम्मपीड, विभिन्न जादु लगायतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु यसमा समावेश हुने छन् ।

यस्तै स्थानीय एवं राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुबाट बेजोड प्रस्तुतिहरु दैनिक रुपमा हुने छन् ।

करिब २ लाखले अवलोकन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको मेला भक्तपुरमा नै पहिलो

मेला हो । मेलामा काभ्रे, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं लगायतका जिल्लाबाट मेलामा सहभागिता हुने अपेक्षा राखेका छौं । साथै स्थानीय व्यापारीहरुको लागि १५ प्रतिशत छटको व्यवस्था भएको अनुरोध गर्दछौं ।

महोत्सव उद्घाटन समारोह भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिज्यूबाट हुने जानकारी

गराउँदछौं।

भर्खरै

सम्बन्धित खबर

Language »