सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्वोच्च अदालतले न्याय दिलाउने छन् : पुष्प कमल दाहाल

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी केन्द्र अलग बनाउने फैसला सर्वोच्च अदातले सच्याउने विश्वास व्यक्त गरेका छन्। मंगलबार पुनरावलोकनको निवेदन दर्ता गराउन सर्वोच्च पुगेका प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। अध्यक्ष प्रचण्डसहित माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा,कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल,शक्ति बस्नेतलगायत सर्वोच्च पुगेका थिए।

‘एकतावद्ध भइसकेका दलहरुलाई विभाजित गर्ने राजनीतिक काम जुन अदालतले गर्यो, यसलाई सच्याउनेछ भन्ने हामीलाई विश्वास छ,’ उनले भने।

अदालतको उक्त फैसला स्वाभाविक लागेर पुनरावलोकनको निवेदन दिएको उनले स्पष्ट पारे। ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका कतिपय फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ,’ उनले भने ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो । यो फैसलापछि नेकपा विभाजनले नयाँ मोड लिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »