सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विद्यालय बाहिरका बालबालिका पत्ता लगाउन गुलरियामा घरधुरी सर्वेक्षण गरिंदै

नेपालगञ्ज, बाँके युनेस्को क्लब र गुलरिया नगपालिकाको संयुक्त आयोजनामा गुलरिया नगरपालिकामा विद्यालय बाहिर रहेका बालबालिकाको तथ्यांक संकलन गर्ने गणकहरुका लागि अभिमुखिकरण सम्पन्न गरिएको छ ।


प्लान इन्टरनेसनल नेपालको सहयोगमा बर्दियामा सञ्चालन गरिएको वालविवाह, कम उमेरमा गर्ने विवाह र जबरजस्ती गर्ने विवाह रोकथाम परियोजना अन्तर्गत क्लब र नगरपालिकाको संयुक्त आयोजनामा सो अभिमुखिकरण गरिएको हो ।


गुलरिया नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका १५ हजार घरधुरीको सर्वेक्षण गरेर विद्यालय बाहिर रहेका बालबालिकाको वास्तविक तथ्यांक संकलन गर्नका लागि छनोट गरिएका २५ जना गणकलाई सो बारेमा विस्तृत जानकारी सहितको अभिमुखिकरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

No description available.


गुलरिया नगरपालिकाका उपमेयर तथा बाल अधिकार समितिका संयोजक शुसिला गिरीको सभापतित्वमा भएको सो अभिमुखिकरणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, खेलकुद तथा युवा शाखा प्रमुख उपसचिव निलकण्ठ रेग्मी, शिक्षा अधिकृत सतिश यादव, महिला शाखा प्रमुख महिला अधिकृत शिला शाह र आइटी अधिकृत अजय सिंह ठाकुरको सहभागिता रहेको थियो ।

No description available.


गुलरिया नगरपालिकाका उपमेयर गिरीले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचानसंगै उनिहरुको समग्र अवस्थाको पहिचान गरेर आगामी दिनमा उनिहरुको उमेर, रुचि र ईच्छा अनुसार विभिन्न प्रकारका निती तथा कार्यक्रम बनाउने र उनिहरुलाई विद्यालयसम्म ल्याउन सघाउने उदेश्यले घरधुरी सर्वेक्षण गर्न लागिएको बताउनुभयो ।


सो कार्यका लागि नगरपालिकाले एक लाख रुपियाँ समेत खर्च गरेको जनाउँदै उहाँले २० दिनमा गणकहरुले तथ्यांक संकलन गर्नुका साथै तथ्यांक विश्लेषण गरेर रिपोर्ट बनाई नगरपालिकालाई बुझाउने बताउनुभयो ।

No description available.


अभिमुखिकरणको सहजिकरण नगरपालिकाका खेलकुद तथा युवा शाखाका प्रमुख निलकण्ठ रेग्मी, आइटी अधिकृत अजयसिंह ठाकुर, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बसन्त विसी र अनुगमन अधिकृत शान्त चौधरीले गर्नु भएको थियो । कार्यक्रममा क्लबका फिल्ड अफिसर शितल विश्वकर्माको पनि सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »