सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विवाद रहित नगरप्रमुख टि. पी. शर्मा

काठमाडौँ । काभ्रे जिल्ला नमोबुद्ध नगरपालिकाका मेयर टि. पी. शर्माले नगरलाई प्रदुषण रहित नगरका रुपमा चिनाउन सफल भएका छन् ।

भकुन्डे बेँसीकाे फाँटमा संचालन भएको ईंट्टाभट्टाको कारणले नमोबुद्ध नगरलाई मात्र नभई त्यस आसपासका क्षेत्रमा पनि प्रदुषण फैलिएको थियो । प्राकृतिक रुपमा भकुन्डे बेँसी कुरुप हुँदै गएको थियो भने ईंट्टाभट्टाको उद्योग बढ्दो क्रममा थियो । स्थानीय तहको निर्वाचन पछि मेयर टि. पी. शर्माले ईंट्टाभट्टा उद्योगहरु बन्द गर्ने अग्रगामी कदम चालेका र्थिए । यो काममा मेयर शर्मा सफल भएका छन् ।

स्थानीय तहको निर्वाचन पछि कार्यलय व्यवस्थापन गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई गाह्रो भएको थियो तर मेयर टि.पी. शर्माले पहिलो वर्षको नगरसभाबाट नै नगरपालिका भवन निर्माण गर्ने योजनालाई पारित गरेर दोस्रो वर्षसम्म आईपुग्दा नगरपालिका भवनले एउटा पुर्ण रुप लिईसकेको थियो भने तेस्रो नगरसभा नव निर्मित भवनमा नै संचालन गर्न सफल भए । भौतिक तथा पुर्वाधार निर्माण विकासमा छोटो समयमा धेरै उपलब्धी हासिल गर्न सफल नगर प्रमुखको रुपमा टि. पी. शर्माको नाम लिदा फरक पर्दैन होला ।

प्रत्येक वडामा, वडा कार्यलय, प्रत्येक वडासँग जोडिने सडक मार्गलाई कालोपत्रे, खानेपानी समस्याको समाधान आदि योजनालाई पहिलो प्रथाकितामा राखेर दिएको निरन्तरतालाई नगर प्रमुख शर्मा कार्यन्वयन गर्न सफल भए ।

विकासको मूल आधार यातायात अनि स्वास्थ्य र शिक्षा हो । मेथिङकोट स्वास्थ्य चौकीलाई संघीय स्वास्थ्य चौकी घोषणा गर्न सफल भए ।

कोभिड १९ को पहिलो र दोस्रो लहरबाट प्रभावित बिरामीहरुको उपचारमा कुनै समस्या आउन दिएनन् । नगर प्रमुख आफ्नो कर्तव्यबाट कहिले पनि पछि हटेनन् । यो कुरा नमोबुद्ध नगरपालिकाका जनताले नै मुल्याङ्कन गर्ने कुरा हो ।

कोभिड १९ को पहिलो लहरबाट विरामी भएका वडा नं. ५ को अर्चना धिताललाई उपचारका लागि धुलिखेल हस्पिटल पु¥याएर सेवा दिन रातको बाह्र बजे पनि निरन्तर लागि परेका मेयर शर्माले साँच्चिकै रुपमा नमोबुद्ध नगरपालिकाका जनताको मन जित्न सफल भएको छ । बाह्र कक्षामा अध्ययनरत नगरको पहिलो कोभिड विरामी अर्चना धिताललाई अविभावकत्व ग्रहण गरी उच्च शिक्षाको सम्पुर्ण खर्च पनि जिम्मा लिएका छन् ।

दोस्रो लहरको कोभिडको कारणले आफै थलिएका मेयर शर्माले नमोबुद्ध नगरका जनताको घरदैलोसम्मा पुगेर स्यानिटाइजर, माक्स, लगाएतका स्वास्थ्य सामाग्रीहरु वितरण गरेका थिए तर कोभिडको कारणले घरमा नै आइसोलेशनमा बस्नु परेको कारण प्रशासकीय अधिकृत लगाएत नगरका जिम्मेवारी व्यक्तिहरुलाई सेवामा कुनै कसुर बाँकी नराख्न बारम्बर फोन मार्फत सुझाव दिदै जनताको सेवामा चिन्तित भइरहेका थिए ।

आधुनिक प्रविधिको प्रयोग गरेर कोभिड १९ को दोस्रो लहरले प्रभावित भएता पनि जनताले पाउनु पर्ने सुविधामा कुनै कमी आउन दिएनन् मेयर शर्माले ।

नमोबुद्ध नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा उल्लेख्खनीय उपलब्धी हासिल गर्न सफल भएको छ ।

नमोबुद्ध नगरपालिकाको प्रमुख आयस्रोत नै कृषि हो । भकुन्डे बेसीमा रहेको ईंट्टाभट्टा बन्द गरेर कृषि उत्पादनमा विशेष योगदान दिन मेयर शर्मा सफल भएको देखिन्छ । नमोबुद्ध नगरपालिकाका कृषकहरुले उत्पादन गरेको तरकारी बनेपा, धुलिखेल र काठमाडौँको कालीमाटी तरकारी बजारमा बिक्री हुने गर्दछन् ।

नगरबाट कृषकहरुलाई आधुनिक खेती तर्फ आकर्षक गराउनका लागि हात्ते ट्याक्टर देखि विभिन्न कृषि औजारहरु वितरण अनुदान उपलब्ध गराउँदै आएका छन् भने दलित समुदायलाई बाख्रा वितरण लगाएतका अनुदान उपलब्ध गराउन मेयर शर्मा सफल देखिन्छन् ।

कृषिको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल नगरको रुपमा पनौती पछि नमोबुद्ध नगरपालिका नै हो भन्दा फरक नपर्ला । कृषकहरुलाई विभिन्न जातको विउ भिजन तथा भैँसी वितरण गदै आएको नगरले आउँदो वर्षमा कृषिमा नै नगरवासीलाई निर्भर बनाउने योजनालाई कार्यन्वयनमा ल्याएको छ ।

नमोबुद्ध नगरपालिकाले नारी हिंसा मुक्त क्षेत्रको रुपमा नगरलाई उभ्याउनका लागि न्यायिक समितिमा निष्पक्ष ढंगले काम गर्न उपमेयरलाई निर्देशन दिन पछि हट्दैनन् । उपमेयरको आफ्नो अधिकार क्षेत्र भित्रको परेता पनि विवादलाई न्युनीकारण गर्न र नगरबासीमा शुभ सन्देश सुनाउन चाहने इच्छाको कारणले पनि उपमेयरलाई निष्पक्ष ढंगले कार्य गर्न निर्देशन दिने गरेको मेयर शर्मा बताउछन् ।

शान्ति प्रेमी, साहित्य प्रेमी अनि जनप्रेमी हुन चाहने मेयर शर्माले साँच्चिकै रुपमा विवाद रहित नगरसभा सम्पन्न गर्न सफल भएको छ । वडा नं. ५ का वडाध्यक्ष बुद्ध सिं तामाङले मेयर शर्माको गुण र कामगर्ने शैलीबारे कुराकानी गर्दा यसरी बताउनु भयो । “नगरले हालसम्म नवौं नगरसभा पार गरिसकेका छन् तर एक पटक पनि विपक्षी दलका साथीहरुले नगरसभामा विरोध जनाएका छैनन् । मेयर ज्यूले धेरै ख्याल गरेर बजेट विनियोजन गर्नुहुन्छ । जसको कारणले पनि विवाद रहित नगरसभा गर्न सफल भएको होला ।”

हुन त मेयर शर्माको कार्यकालमा कुनै विवादहरु आउँदै आएन भनेको हैन ।


राजश्व संकलनमा नगरकर्मचारीले आर्थिक हिनामिना गरेको समाचार बाहिरीएको थियो तर त्यस कार्यमा संलग्न कर्मचारीलाई तत्काल सरुवा गरेर कार्बाहीको लागि छानबिन कार्यदल गठन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको थियो । यसरी नगरमा भएका गलत प्रवृद्घिलाई हटाएर शु शासन कायम गर्न मेयर शर्मा निरन्तर लागि रहे ।

अविभावक विहिनहरुको अविभावक भएर मेयर शर्माले सडकमा बास बस्नेहरुका लागि उचित व्यवस्थापन गरिदिएका छन् ।

चाडपर्व प्रेमी मेयर

नमोबुद्ध नगरपालिकाले दशै, तिहार सँगै ल्होछारलाई पनि समान सम्मान गदै तीन दिनको सार्वजनिक बिदाको घोषणा गर्नुका साथै प्रवद्र्घनका लागि नगरबाट छुट्टै बजेटको व्यवस्थापन गर्ने गरेको छ ।

मयेर टि. पी. शर्माले कानपुर लगाएत तामाङ समुदायको बाहुल्यता रहेका स्थान अथवा वडाहरुमा ल्होछारको दिन ल्होछार पर्व मनाउनका लागि वडाध्यक्षलाई विशेष अनुरोध गरेर समुदायमा भएका चाडपर्वको र संरक्षणमा र संवद्र्घनमा लागि परेको विगतमा गरेका हरेक गतिविधिहरु बाट प्रस्ट हुन्छन् ।

default

समग्रमा नगर प्रमुख टि.पी. शर्माको कार्य प्रति नगरबासी खुशी नै देखिन्छन् । प्रत्येक वडाध्यक्षहरुले अहिलेसम्म औँला उठाउन सकेका छैनन् । प्रत्येक वडालाई भुगोल, जनसंख्या र समनुपातिक ढंगले बजेट विनियोजन गर्न सफल हुनाले विवाद रहिद नगरका रुपमा चिनाउन मेयरको टि. शी. शर्मा सफल भएको छ ।

नमोबुद्धबाट नामाकरण गरिएको यो नगरपालिकामा पर्यटकहरुलाई आकर्षण गर्ने महत्वपुर्ण स्थानहरु धेरै छन् । मेयर शर्माले नमोबुद्ध ट्रेलको परिकल्पना गरेको छ भने तेमालको राजा ह्रृन्जेन दोर्जेको इतिहासलाई प्रवद्धन गर्नका लागि कोट तेमालमा भेटिएका भग्नाशेषहरुलाई संरक्षणमा विशेष पहल गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »