सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्धी सर्प फर्म

रसुवाली कवी

कवीता

यहाँहरुलाइ हार्दिक स्वागत छ
सम्धी सर्प फर्ममा
आफ्नु भनेको आफ्नै हुन्छ
पराइको कहाँ भर हुन्छ
स्वागतम सस फर्म
सम्धी सर्प फर्म
उदघोस गर्छ
अब सर्पहरुको शासन चल्नेछ
सर्पहरुको बिख बेचेर
यो मुलुकको काया फेरिनेछ
सर्पहरुलाई दुध खुवाएर
जनतालाई हेराइनेछ रमिता
निजी साझेदारीले कम्युनिस्ट पार्टी चल्छ भने
निजि साझेदारीले देश चल्छ भने
अबस्य पनि सम्धी साझेदारी हुनेछ ऎतिहासिक
पाँच पाण्डपको एकता जस्तो मजबुत
सम्झीज्यु
रोकेर यो समयको गति
च्वाप्प मुइ खाउ जस्तो लाग्छ तपाईंलाई
अङ्गालोमा बेरेर गलङ्गै तपाईंलाई
घुमाउ झै
यही सर्प फर्मको सेरोफेरोमा
सम्धीज्यु
तपाईंको मलाई बिछट्टै माया लाग्छ
सम्धीको हसिलो मुहार देखेरै
फुले जस्तो लाग्छ बाबरी
सम्धीज्यु सर्पको जस्तो नमस्कार!!!!

रसुवाली कवी उर्फ टि. पि.तिमल्सिना सानै उमेर मा साहित्यलाई माया गर्ने कलीला पत्रकार पनि हुन् । सानै उमेर मा उनले केहि पुस्तक हरु पनि प्रकाशन गरी सकेका छन् ।सामाजिक रुपान्तरण को अभियान का एक शशक्त आवाज हुन् रसुवाली कवी ।

भर्खरै

सम्बन्धित खबर

Language »