सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साँचो प्रेममा न जात न धर्म :”बाँधी राखन”गीत मार्फत ल्याए तिलकले यसको मर्म ( भिडियो सहित )

मायाँ पिरती ,रन भुल ,जस्ता लोकप्रिय गीत मार्फत चर्चा कमाएका गायक तिलक बस्नेत तथा कल्पना पाण्डे को स्वर ले सजिएको गीत “बाँधी राखन ” नयाँ नयाँ न्युज नेपाल को आधिकारिक युट्युब च्यानल बाट आज सार्वजानिक गरिएको छ ।
प्रकाश न्यौपाने को शब्द ,तिलक बस्नेत को संगीत ,रमेश सेन्चुरी को एरेन्ज र मिक्सिङ रहेको यस गीत सुर ताल डिजिटल स्टुडियो मा रेकर्डिङ गरिएको हो ।
शिशिर भण्डारी र रोसनी कार्की को अभिनय रहेको यो म्युजिक भिडियो सृजन बराल ले निर्देशन गरेका हुन् ।
राजेश घिमिरेको छायंकन ,अमृत चापागाईँ को सम्पादन ,दिपक सापकोटा को उत्पादन नियन्त्रण ,रोशन को सृंगार ,प्रेम र रोनाल्डो को प्रकाश ,रहेको यो भिडियो को पोस्ट प्रोडक्सन जनता डिजिटलले गरेको हो ।
जात र धर्मको बिभेद लाई वर्तमान समाजले हेर्ने दृष्टिकोण ,त्यस भित्र मौलाएको प्रेम कथा लाई आम दर्शक ले बुझ्ने गरी भिडियो मा उतारेको गायक तिलक बस्नेत को भनाइ छ ।

Image may contain: 4 people, people on stage
गायक तिलक बस्नेत


लामो समय मिडिया क्षेत्र मा बिताएका शिशिर भण्डारी को दम्दार अभिनय रहेको यो भिडियो मार्फत आम दर्शक ले मनोरन्जन मात्र नभइ सामाजिक शिक्षा समेत हासिल गर्ने निर्माण पक्ष को दावी छ ।
गीत सार्वजानिक हुनु अगाडी नै फोन र सामाजिक सन्जाल मार्फत सकारात्मक प्रतिकृया आएको ले पनि सफल कुरामा कुनै शंका नरहेको गायक तिलक बस्नेत बताउ छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »