सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिटीजन बैकको मनोमानिले तेमालका जनतालाई शास्ती

काभ्रे तेमाल | सिटीजन बैक काभ्रे तेमाल शाखा को मनोमानिको कारण त्यसक्षेत्रका जेष्ठ नागरिक ,अपांग लगायत सामाजिक सुरक्षा भत्तापाउने सबैले दुख पाएका छन् ।

कोरोनाको कारण सबैलाई सुरक्षित रहन घरबाट बाहिर निस्कन नहुने अवस्थामा यो बैंकले भने सामाजिक शुरक्षा भत्ताकोलागी सबै संबन्धित ब्यक्तिनै उपस्थित भएर हस्ताक्षर गर्नुपर्ने भनेपछि स्थानिय सरोकारवाला हरुले बिरोध जनाएका  छन्।

“सामाजिक शुरक्षा भत्ता भनेको अशक्त ,जेष्ठ नागरिक , अपांग ले पाउने सुबिधाहो  यस्तो महामारिको समयमा यस्ता नागरिकलाई भिडभाड गर्दै लाईनमा राख्नु कतिको उचित हुन्छ ” एक स्थानियले दुख ब्यक्तगर्दै भने।

बैंकले आफु खुसि निर्णय गर्दै जेष्ठनागरिक अपांग अशक्तहरुलाई अनिवार्य उपस्थित भए मात्र भुक्तानि गर्ने भनेपछि स्थानिय जन प्रतिनिधि समेत यसमा शन्तुष्ट छैनन्।

कार्यसंचालन गर्ने बैंकको आफ्नै नियम भएपनि यस्तो अवस्थामा स्थानिय सरकार संग समन्वयगरेर  काम गर्नुपर्ने स्थानिय जनप्रतिनिधिहरुको तर्क  छ।

 कोरोनाले सबैलाई आतंकित बनाईरहेको अवस्थाम्मा यसरी भिड भाड गराउने बैकलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने स्थानियले माग समेत गरेका  छन्।

यस्तो अवस्थामा आफुखुसि काम नगरेर स्थानिय जनप्रतिनिधि संग समन्वय गरेर जनप्रतिनिधिको जिम्मामा  घर घर सम्म सामाजिक शुरक्षा भत्ता पुर्याउन बैकले भुमिका खेल्नुपर्नेमा  आफ्नै तरीकाले काम गरेर बैकले त्यसठाउँका  जनताको चित्त दुखाएको त्यस क्षेत्रका जनताको गुनासो रहेको छ ।

यदि बैकको  कारणले कसैलाइ कोरोना भएमा त्यसको जिम्मा कसले लिने? भन्दै एक स्थानियले बैंकलाई प्रश्न समेत गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »