सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुनको मूल्यमा आज पनि नँया रेकर्ड, प्रतितोला ९९ हजार ८०० रुपैयाँ पुग्यो

काठमाडौं । आज सुनको मूल्य वृद्धि भई एक लाख नजिक पुगेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आजका दिन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ भने मंगलबार पनि स्थिर रहेको छ ।

सुनको मूल्य अन्तराष्ट्रिय बजारमा नै बढेकाले नेपाली बजारमा पनि ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

आइतबार र सोमबार सुन प्रतितोला ९९ हजार ६०० रुपैयाँसम्म पुगेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »