सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“स्वास्थ, शिक्षा पर्यटन र पुर्वाधार समृद्ध तेमालको आधार” नारासहित तेमाल गा.पा.को आठौं गाउँसभा सम्पन्न

काठमाडौं । स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधार समृद्ध तेमालको अाधार भन्ने मुल नाराका साथमा तेमाल गाउँपालिकाको अाठौं गाउँसभा २०७७ सम्पन्न भएको छ । तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङको सभा अध्यक्षतामा गाउँ सभाबाट आर्थिक, सामाजिक र कानुनी पक्षहरुलाई समेटेर तयार गरेको संसोधित नीतिगत निर्णयहरुलाई कार्यन्वयन गर्ने गरि आठौं गाउँ सभा सम्पन्न भएको छ ।

स्वागत मनतव्यको क्रममा तेमाल गाउँपालिकाको प्रवक्ता ज्ञान बाहदुर तामाङफे कर्मचारी र पत्रकारको महत्त्वपूर्ण भुमिका हुने भएको हुनाले सबैसंग जन प्रतिनिधिहरुको समन्वय राम्रो हुनुपर्ने धारणा राख्नु भएको थियो । तेमाल गाउँपालिकाको उपाध्यक्ष दुर्गामाया तामाङले संसोधित नीति तथा कर्यक्रमको प्रस्ताव पेस गर्नुभएको थियो । यसैगरी आठौं गाउँसभाका सभाध्यक्ष सलाम सिं तामाङले वार्षिक प्रगति प्रतिवेदन र संसोधित प्रतिवेधन पढेर प्रस्तुत गर्नु हुँदै छ र सर्वसहमतिमा गाउँ सभाका सदस्यहरुले पारित गरेको छ । गाउँसभामा वडा नं. ५ का वडाध्यक्ष प्रविन कुमार मोक्तान र वडा नं. ४ को वडाध्यक्ष आस्पुर लामा मात्र उपस्थित थिएन भने अन्य सबै उपस्थित रहेका थिए । प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल कार्यक्रम संचालकको रूपमा हुनुहुन्थ्यो । तेमाल गाउँपालिकाले सोनाम ल्होछार अवसरमा तीन दिनको सार्वजनिक बिदाको घोषणा गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »