सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिमाल आरोही शेर्पाले काभ्रे तेमाल गाउँपालिका वडा नं. ७ काे विद्यार्थीहरूलाई स्वास्थ्य सामाग्री

काठमाडाैँ। हिमाल आरोही जाङबु शेर्पाले काभ्रे तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा रहेको श्री राधाकृष्ण मावि र भूमेश्वार आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

आज फुड फर एभ्रिवान अस्ट्रेलिया नेपालका अध्यक्ष तथा हिमाल आरोही जाङबु शेर्पाले एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् ।

नेकपा तेमालका नेता तथा समासेवी खुसराज लामाको पहलमा उक्त स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सो संस्थाले दुई विद्यालयका ३२० विद्यार्थीहरुलाई माक्स, साबुन र स्यानिटाइजर वितरण गरेको थियो ।

संस्थाका अध्यक्ष शेर्पाले प्रथम चरणमा कोभिडबाट कसरी बच्न सकिन्छ भन्नेमा सबै शिक्षक र विद्यार्थी सचेत हुनु पर्ने बताए ।

‘विद्यार्थी भविष्यका उज्यालो कर्णधार भएकाले सदैव शिक्षा, स्वास्थ्य र अनुशसानमा ख्याल गर्नुपर्छ । मैले पढ्न पाएन । म सामान्य परिवारको मान्छे हुँ । यसकारण तपाईहरुसँग अथाहा अवसरको सम्भावना छ । सफल मान्छे बन्छु भनेर पढ्नुहोस् ।’ कार्यक्रममा शेर्पाले विद्यार्थीहरुसँग आग्रह गरे ।

शेर्पाले विद्यार्थीसँग हिमाल आरोहणको अनुभव, संघर्ष र सफलताको कथा समेत सुनाएका थिए ।

समाजसेवी खुसराज लामाले विगतको भूकम्पमा पनि विद्यार्थी र स्थानीयलाई विभिन्न तहबाट सहयोग गर्दै आएको बताए । ‘अहिले कोरोना महामारी छ । कसरी सुरक्षित रहने र अरुलाई कसरी बचाउने पहिलो विषय हो ।’ उनले भने, ‘यसकारण मेरो पहिलो पहल बजारमा पाइने भन्दा गुणस्तरिय माक्स, स्यानिटाइजर र डिटोल साबुन प्रत्येक विद्यार्थीको हातमा पुर्याउने लक्ष्य थियो । आज पुरा भएको छ ।’

त्यसैगरि कार्यक्रममा राधाकृष्ण माविका प्रधानध्यापक प्रेम लामाले काठमाडौंबाट विद्यालयसम्म आएर स्वास्थ्य सामाग्री वितरण गरेकोमा खुसि व्यक्त गर्दै यसको सहि प्रयोग गर्नका लागि विद्यार्थी तथा शिक्षकलाई अनुरोध गरेका थिए ।

तेमाल क्षेत्रमा गाउँपालिकाले विद्यालय खोले पनि स्वास्थ्य सामाग्रीको अभावमा कक्षा सञ्चालन भइरहेको अवस्थामा शेर्पाले स्वास्थ्य सामाग्री वितरण गरेपछि केही राहत मिलेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »