सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

होटलमा आएका पाहुनाको झगडाबाट होटल मालिकको मृत्यु

मोरङ। श्रीमान-श्रीमतीको झगडा छुट्याउन गएका होटल सञ्चालनको कुटाइबाट एक जनाको मृत्यु भएको छ

मोरङको उर्लाबारी नगरपालिका–७ मा रहेको युनिक होटलका सञ्चालकको कुटाइबाट होटलमा आएका एक भारतीय ग्राहकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भारतको दार्जिलिङ घर भई मोरङ उर्लाबारीमा बस्ने ३५ वर्षीय सुशील मल्लिक र उनकी श्रीमती होटलमा गएका थिए । मदिरा सेवनपछि श्रीमान–श्रीमतीबीच झगडा भएको थियो । त्यसपछि भगडा छुट्याउनका लागि होटल मालिक २६ वर्षीय गोपाल तामाङ पुगेका थिए।

यसैक्रममा तामाङको कुटपिटबाट सुशील घाइते भएको र भारतको सिलगुढीमा उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडगा छुट्याउने क्रममा तामाङले धकेल्दा मल्लिक भुँइमा लडेर टाउकोमा चोट लागि बेहोस् भएका थिए।

राति नै उपचारका लागि गोदावरीमा लगिएको थियो । त्यहाँबाट झापाको बी एण्ड सी अस्पताल हुँदै भारतको सिलिगुडी लगिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »